Breaking News

प्रधानमन्त्री केपी शर्मा ओलीले ईयूलाई दियो चेतावनी

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार २१:१४

काठमाडाैं  ११ चैत,  प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको भन्दै यस्तो नगर्न चेतावनी दिएका छन् ।

ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएर नेपालको सार्वभौमसत्ता र नेपालमा अहिलेसम्मको राजनीतिक उपलब्धीको अवमूल्यन गरेको  प्रधानमन्त्री ओलीले बताए ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, यो नेपालको  सार्वभौमसत्ता र नेपालको उपलब्धीलाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो ।’

नेपालको परराष्ट्र मन्त्रालयले असन्तुष्टी जनाइसकेपछि प्रतिवेदन सच्याउला भन्ने अपेक्षा गरे पनि ईयू झन् जिद्दिपूर्ण देखिएको भन्दै ओलीले यसबाट आफू र नेपाली जनताले हेपिएको महसुस गरेको छ ।

उनले भने, म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ, यसबाट नेपाली जनताले अरुबाट हेपिएको महसुस गरेका छन् ।’

नेपाल देश गरिब र अविकसित भए  पनि प्रजातन्त्रका लागि कसैको भन्दा कम योगदान नरहेको भन्दै ओलीले त्यसमा आफूहरुलाई कमजोर नआक्न चेतावनी दिए ।

मतदान गर्न योग्य धेरै नेपाली नागरिक विदेशमा रहे पनि ७० प्रतिशत भन्दा बढी मत खस्नु चनचुने कुरा नभएको भन्दै उनले नेपालीलाई चुनौती दिन ८० प्रतिशत मतदानको उदाहरण लिएर आउन आग्रह गरे ।

‘भोट हाल्न जानेन होला, हाम्रो बाध्यताले बाहिर बस्नुपरेको होला’ ओलीले भने ‘ तर नेपाली जनताको लोकतन्त्रप्रतिको सजगतामाथि प्रश्न उठाउने ठाउँ छैन ।’

निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै उनले त्यसको प्रतिशोध प्रतिवेदनमा नलिन पनि आग्रह गरे ।

आफूहरु संसारका सबै देशसँग मिलेर काम गर्न इच्छुक भएको भन्दै कोही भन्दा कम हैसियतको भए सम्बन्ध नराख्ने ओलीले बताए । हामी कोहीभन्दा कम होइन, डेमोक्रेसीका लागि कसैले भन्दा कम  संघर्ष गरेका छैनौं’ उनले भने ।

राष्ट्रपति र अदालतलाई धन्यवाद

प्रधानमन्त्री ओलीले निर्वाचन गराएकोमा राष्ट्रपति र अदालतलाई धन्यवाद दिएका छन् । अघिल्लो सरकारले निर्वाचन नगराउन चाहेको भए पनि अदालतले त्यसलाई साथ नदिएको भन्दै उनले धन्यवाद दिएका हुन् । उनले भने, ‘राष्ट्रपतिले पनि चुनाव नगर्दा नराम्रो परिस्थिति आउँछ भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले  निर्वाचनको समयमा निर्वाचन आयोग भने पूर्वाग्रही देखिएको भन्दै आलोचना गरे ।

आफूले नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हो भन्दा किन कारबाही नगर्ने भनी आयोगले पत्र पठाएको स्मरण गर्दै उनले प्रश्न गरे ‘एमाले कां‌ग्रेसलाई हराउन र कांग्रेस एमालेलाई हराउन प्रतिस्पर्धामा छन् भने त्यसमा कहाँ आचारसंहिता उलंघन भयो ?’

निर्वाचनको समयमा सरकारले पटक पटक सरकार विस्तार गर्दा पनि आयोग मुकदर्शक बनेको प्रधानमन्त्री ओलीले आरोप लगाए । चुनावका लागि उम्मेदवार तय गरिसक्दा पनि नगरपालिका र गाउँपालिका थप गरिरहँदा पनि आयोग चुप बसेको ओलीले गुनासो गरे । ‘ एउटा संवैधानिक संस्था सुध्रियोस् भनेर मैले यति भनेको हुँ, कसैको आलोचना गरेको होइन’ उनले भने । अन्लाईन खबर

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार २१:१४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,