Breaking News

फुयालको सौगात गजल एल्बम सार्वजनिक

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ११:४९

कृष्ण भीर

मंसिर, काठमाडौँ । भूटानी माटोमा जन्मिएर नेपाली माटोमा पढ़े बडेका गायक, संगीतकार तथा रचनाकारको रुपमा चिनिने गोबिन्द फुयालको “सौगात” गजल एल्बम सार्वजनिक भएको छ । रचनाकार तथा गजलकार फुयालको सौगात एल्बममा संगीत उनैकै रहेको छ भने कर्मग्याल्छेन बम्जनको र नेपाली संगीताआकाशमा सुपरिचित गायक महेश सेवाको स्वरमा सजिएको गजल एल्बम आइतबार तीनधारेमा विमोचन भएको हो।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार मणिकमल छेत्रीले धेरै गायक गायिकाहरूका लागि प्रेरणाको स्रोत बनिसकेका गायक महेश सेवाबाट साङ्गीतिक कोसेली यसरी नै आइरहोस् भन्दै तिनीबाट समाजले योगदान पाइरहेको बनाए ।

उनले भने गजल नेपाली साङ्गीतिक क्षेत्रमा आएको बेसी भएको छैन, गजल लेखनमा अलिक बेसी भएपनि नेपाली गजलको सङ्गीतमा भने एकरूपता आएको छैन, नेपाली गजलको सङ्गीतमा एकरूपता आउन ठोस निर्णय आएको हुनुपर्छ।’
गजल र सङ्गीत मनोरञ्जनको साधन मात्रै नभएर सबैको जीवनमा महत्वपूर्ण काम गरिरहेको हुन्छ भन्दै सङ्गीतको सुरहरूको उतार चढाउबिना भाषा मीठो नहुने बताए ।

Druk Melody Music School USA र GP Production ले सौगातलाई उत्पादन गरेको हो। राष्ट्रिय शिक्षक सम्मान प्रापक हरिप्रसाद छेत्रीको अध्यक्षता र वरिष्ठ सङ्गीतकार मणिकमल छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सङ्गीतकार कर्म ग्याल्छेन बमजन, स्रष्टा विचन्द्र प्रधान, गायक थुप्देन भोटिया, कर्म शेर्पा, एबीएन च्यानलको मालिक विजय चामलिङ साहित्य र सङ्गीतका हस्तीहरू प्रमोद गिरी, मनोज गिरी, बीपी बजगाईं, राजा पुनियानी, मनोज बोगटी, सुरज रोसुरी, कैलाश सुब्बा, शैलेन्द्र समदर्शी लगायत उपस्थित भएका थिए ।

गायक महेश सेवाको भक्कानो, आलाप, रूमानी धुनलगायतको एल्बम चर्चित छन् । उनले चौथो एल्बमको रूपमा सौगात बजारमा ल्याएका हुन् । तीनधारेमा नेपाली साङ्गीतिक क्षेत्रका वरिष्ठ व्यक्तिहरूका बीच सभाध्यक्ष हरिप्रसाद छेत्री, प्रमुख अतिथि सङ्गीतकार मणिकमल छेत्री, सङ्गीतकार कर्म ग्याल्छेन बमजन, गायक महेश सेवा र तिनकी माता पूर्ण सेवाको बाहुलीबाट यो एल्बम लोकार्पण गरियो।

८ वर्षको उमेरमा तीनधारेको महात्मा गान्धी हलमा महेश सेवाले ‘तिमी नभए जिन्दगानी काँड़ासरी’ नामक गीत गाएर साङ्गीतिक संसारमा छिरेका क्षेत्रलाई तिनै गीतले विश्वमा चिनाए । चौथो एल्बम सौगात फेरि त्यही मञ्च जहाँ पहिलो पल्ट मञ्च चढेका थिए, त्यहीँ चौथो एल्बम लोकार्पण गर्दा सेवालाई निक्कै हर्षित देखिन्थ्यो।

युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा स्वागत वक्तव्य आयोजक समितिको संयोजक सुप्रेम छेत्रीले राखेका थिए ।

कार्यक्रममा म्युजिक तीनधारेको साङ्गीतिक प्रस्तुतिमाझ गायकहरू राकेश लामा, बरूण रसाईली, कर्म मोक्तान, सन्तोष लामा र ऋषिका छेत्रीले आफ्नो गायन प्रस्तुती दिएका थिए।

सङ्गीतकार छेत्रीले बिहान उठेकोदेखि सुतेकोसम्म सङ्गीतलाई अञ्जानमै सबैले प्रयोग गरिरहेका हुन्छ । सङ्गीत बिग्रँदा प्रलय हुने अर्थात् सुर र लयमा नगाउँदा प्रलय हुने भन्दै उनले सङ्गीत गहन विषय रहेको र सिकेर सकिने कुरा रहेको बताए।

कार्यक्रममा सौगात एल्बमको सङ्गीतकार बमजनलाई आयोजक समिति तीनधारेको तर्फबाट सम्वर्द्धना पनि गरिएको थियो। वम्जनलाई सभाध्यक्षद्धारा खदार्पण, प्रमुख अतिथिले नेपाली टोपी र विशिष्ट अतिथि बिजय चामलिङले शल ओढ़ाएर सम्वर्द्धना पत्र प्रदान गरियो ।

कार्यक्रममा विमोचित गजल एल्बम सौगातमाथि समालोचक एंव विश्लेषक बीपी बजगाईंद्वारा समीक्षात्मक टिप्पणी राखिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ११:४९

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,