Breaking News

बनखुमा साँस्कृतिक उत्सव साथ सोनाम ल्होछार मनाइदै

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १५:४८

बनखु । ग्रामीण विकास परिषद नेपालको आयोजनामा ‘कला, संस्कृति संरक्षणको अभियान, ल्होछार हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तामाङ समुदायको महान साँस्कृतिक पर्व २८५५ औं (फाग ल्हो) सोनाम ल्होछार साँस्कृतिक उत्सवका साथ मनाईने भएको छ । परिषद्ले प्रत्येक वर्षझैँ यसपालि पनि ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम यही ०७५ साल माघ २२ गतेका दिन महाभारत गाउँपालिकाको बनखुचौर सल्लेनीस्थित लामाटोलमा ‘‘छैठौँ ल्होछार साँस्कृतिक उत्सव–२०७५’ आयोजना गरि ल्होछार भब्यताका साथ मनाईने भएको हो ।

कार्यक्रममा झाँकीसहित शान्ति र्याली एंव लामा, बोन्बो नाच, लामा गुरुहरुबाट पुजा तथा प्रसाद ग्रहणको साथमा ख्यातीप्राप्त तथा स्थानीय कलाकारहरुको विविध प्रस्तुती रहने संस्थाको अध्यक्ष तथा आयोजक समितिको संयोजक तारा छिरिङ लामाले जानकारी दिए ।

त्यसैगरी स्थानिय स्तरका कलाहरु, गीत–संगीत साथै नेपाली मौलिकता झल्कने किसिमका प्रस्तुतिहरु सेलो लगाएत नृत्य तथा अन्य बिबिध प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै तामाङ जातिहरूको आफ्नो मौलिक वेशभूषा, भाषा, संस्कार र पहिचानलाई जोगाउने लक्ष्यका साथ ल्होछार कार्यक्रम मनाउन लागिएको आयोजक समितिका सदस्य सुवास दोर्जे थिङले समावेशी अनलाईनलाई बताए ।

आयोजकले कार्यक्रममा सकेसम्म मौलिक साँस्कृतिक पहिचान झल्कने भेषभुषमा उपस्थितिका लागि सबैमा अनुरोध गर्दै कुनै पनि साँस्कृतिक पहिचान झल्कने नृत्य, गायन तथा अन्य प्रस्तुती गर्न चाहने व्यक्ति, समुह तथा संस्थालाई माघ २० गतेभित्र सम्पर्क गर्न आव्हानसमेत गरेका छन् ।

तामाङ समुदायले ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछ । यो चाड माघ शुक्ल प्रतिपदाको दिन मनाउने गरिन्छ । यस वर्ष मनाउन लागेको २८५५ औँ सोनाम ल्होछार फाग ल्हो (बँदेल वर्ग) हो ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १५:४८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,