Breaking News

बनेपामा कार्तिक ३० गते निःशुल्क पाठेघर (VIA) परिक्षण शिविर हुने

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १३:०१

बनेपा । बनेपा नगरपालिकाको वडा नं. ५ स्थित पर्ने ओपीमा निःशुल्क पाठेघर (VIA) परिक्षण शिविर हुने भएको छ । शिविर बनेपा नगरपालिका, नेपाल अर्वुद रोग निवारण संस्था र बनेपा नगरपालिका ५ नं. वडा कार्यालयको संयुक्त आयोजनामा हुन लागेको हो ।

यही कार्तिक ३० गते हुने शिविरमा पाठेघर (VIA) परिक्षण हुने भएकोले २५ देखि ६० वर्षसम्मका महिलाहरुलाई परिक्षणको लागि विशेष आमन्त्रण गरिएका छन् । महिलाहरुको स्वास्थ्यको अवस्था र त्यसमा पनि पाठेघरको समस्यालाई विशेष मध्यनजर गरेर कमजोर आर्थिक अवस्था भएको महिलाहरुले पनि सहज रुपमा सेवा लिन सकोस् भन्ने उद्देश्यले शिविरको सञ्चालन गरेको बनेपा नगरपालिका ५ नं वडाका वडा सदस्य सागर मानन्धरले बताए ।

निःशुल्क हुने पाठेघर (VIA) परिक्षण शिविर बनेपा नगरपालिकाको वडा नं. ५ मा रहेको गंगा देवी मा. वि. ओपीमा हुन लागेको हो । उक्त शिविर शुरु हुने समय भने विहान ९ बजे देखि दिउँसो २ बजेसम्म मात्र हुने जानकारी दिदै सुविधबाट कोही पनि बञ्चित नहुन सम्पुर्ण वडाबासी र पायक पर्ने सबैलाई सेवा लिनको लागि बनेपा नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष बलराम अधिकारीले अनुरोध गरेको छ ।

सुचना

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १३:०१

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,