Breaking News

बन्ने भयो सूर्यविनायकदेखि धुलिखेलसम्म सुरुङ मार्ग

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार १५:०४

चौबीसै घण्टा उज्यालो रहने यो मार्ग अक्सिजन सुरक्षित हुनेछ, सिसी क्यामरा र अग्नि नियन्त्रक उपकरण सडकमै राखिने

वैशाख १९, काठमाडौं / अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सुरुङमार्ग बन्ने भएको छ । सुरुङमार्ग निर्माणको लागि जापानी टोली ऋण सम्झौताका लागि नेपाल आउन लागेको हो ।

मे महिनामा नेपाल र जापान सरकारका बीचमा सुरुङमार्ग निर्माणका लागि सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

द्विपक्षीय छलफलमा ऋण सम्झौता गरेर अघि बढ्ने निर्णय भएको थियो । यो सुरुङ मार्ग दुई वटा हुनेछ । जसमा धुलिखेल जान र आउनका लागि दुईवटा बाटो बन्नेछन् ।

नेपाल र जापानबीचमा मे मा हुन लागेको द्विपक्षीय बैठकले सुरुङमार्ग र सडक विस्तार सम्बन्धी निर्णय लिने बताइएको छ । महाशाखा प्रमुख श्रेष्ठले ऋण सम्झौता भएपछि निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

गत मार्चमा जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को टोली नेपाल आइ सुरुङ मार्ग निर्माणका बारेमा एक चरणको छलफल गरेर गैसकेका छन् ।

जाइकाको ऋण सहयोगमा भक्तपुरको पलाँसेबाट साँगा निस्कने गरी करिब १.५ किमी सुरुङ मार्ग निर्माण हुनेछ । सुरुङमार्गमा धुलिखेलतर्फबाट आउने र भक्तपुरतर्फबाट जाने दुई फरक फरक लेन हुनेछन् ।

भक्तपुरको पलाँसेबाट धुलिखेलतिर जानेबाटो अत्यन्त घुमाउरो र जोखिमपुर्ण रहेको छ । भक्तपुरको पलाँसे नजिकैको गणेश मन्दिर छेउबाट धुलिखेलतिर सुरुङमार्ग निर्माण गर्न लागिएको वैदेशिक महाशाखाले जनाएको छ ।

सुरुङमा भेन्टिलेटर र बत्तीको व्यवस्था गरिनेछ । चौबीसै घण्टा उज्यालो रहने यो मार्ग अक्सिजन सुरक्षित हुनेछ । सिसी क्यामरा र अग्नि नियन्त्रक उपकरण सडकमै राखिनेछ । सुरुङमार्गसहित सो स्थानको १६ किलोमिटर सडक ८ लेनमा विस्तार गरिनेछ । सुरुङमार्ग र सडक विस्तार गरी कूल २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सुरुङमार्ग बनेपछि त्यस क्षेत्रमा अहिले दैनिक रुपमा घण्टौसम्म हुने गरेको जाम पुर्ण रुपमा हट्ने अपेक्षा गरिएको छ ।

अहिले सुरुङ मार्गको सम्भाव्यता अध्ययन भैसकेको छ । ऋण सम्झौता भएपछि एक बर्षमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने र तीन बर्षभित्रमा सडक विस्तार र सुरुङमार्ग निर्माण सक्ने लक्ष्य रहेको महाशाखाले जनाएको छ ।

kathmandu today

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार १५:०४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,