Breaking News

बालबालिकाको सहयोगका लागि कोम्हेन्दो बाल समुहको देउसीभैलो

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १७:१४

समावेशी संवाददाता
खानीखोला । जिल्लाको विकट खानीखोला गाउँपालिका–४ फुलडाडाँस्थित रहेको कोम्हेन्दो बाल समुहद्धारा आयोजना गरिएको देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शुभदिपावलीको अवसरमा भाईटिकाको दिन बाल समुहको विशेष सांगितिक प्रस्तुतिसहित भएको हो ।

विगत १ बर्ष अघि संस्था स्थापना भई संञ्चालन भएको बाल समुहको नियमित कोषलाई बढाउन र आर्थिक अभावका कारण अध्ययन गर्न समस्या बालबालिकालाई कापि, कलम जस्ता शैक्षिक सामाग्री सहयोगका लागि देउसीभैलो कार्यक्रमको आयोजना गरेको कोम्हेन्दो बाल समुहको अध्यक्ष अमृत बजुले बताए ।

बाल कलाकारहरुको विशेष सांगितिक प्रस्तुतिसहित फुलडाडाँबाट शुरु भई मोक्तान टोल हुदैँ खत्रीडाँडामा पुगेर समापन भएको उक्त बाल समुहको देउसीभैलो कार्यक्रमलाई खुशी समाज युवा क्लवका अध्यक्ष इकमान लामा (इमाला), सचिव निर्दाेष मोक्तान, कोषाध्यक्ष सञ्जिव बजु र खेलाडी तथा क्लवको बाल संयोजक गणेश थिङले व्यक्तिगत रुपमा नगद आर्थिक सहयोग गरेका थिए । देउसीभैलो कार्यक्रम एउटा टोल वा गाउँको एक ठाउँमा जम्मा गरि खेलिएको थियो ।

देउसी भैलोमा खानीखोला गापा वडा नम्बर ४ को वडा अध्यक्ष वीर बहादुर वाईबा, सामाजसेवी तथा नेता नर बहादुर थिङ, हरि बहादुर श्रेष्ठ, भरत लामा, राज कुमार विक, टिकाराम वाईबा, प्रेम बजु, सिन्धुलीका ज्ञान बहादुर श्रेष्ठ लगायतको सहभागी रहेको थियो ।

बाल समुहले विभिन्न समयमा हाजिरीजवाफ कार्यक्रम, सामुहिक अध्ययन, बाटो सरसफाइ, नृत्य प्रतियोगितामा सहभगिता लगायतका सामाजिक तथा रचनात्मक क्रियाकलाप गर्दै आएको छन् ।

भिडियो

https://www.facebook.com/Samabeshionline/

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १७:१४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,