Breaking News

बिधुत मागी खाने भाडो, सेवाग्राहीले ज्यान गुमाउदै

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार १८:३६

दाने बोहरा /साउन ५, हुम्ला

सिमिकोट गाउँपालिकाको वडा नं २ का वासिन्दा जसी भण्डारीको करेण्ट लागेर मृत्यु भएको छ । सिमिकोट र खार्पुनाथ गाउँपालिकाको लागि उत्पादन गरिएको हिल्दुम साना जलविद्युत आयोजनाबाट वितरित विद्युतको पोलबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो । हिल्दुम साना जलविद्युत आयोजनाको लापार्बाही का कारण भण्डारीको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् । मृतक भण्डारीको लास लाई अहिले सम्म उनका आफन्तले पोष्टमार्टम गर्न दिएका छैनन । हिल्दुम साना जलविद्युत को लापार्बाहीका कारण यो भन्दा अगाडि पाच वटा गाई वस्तुको समेत मृत्यु भएको थियो । मृतकका आफन्तले हिल्दुल साना जलविद्युत वितरण केन्द्रलाई दोषी ठहराएका छन् । बर्सेनि करोडौ रकम, हिल्दुम साना जलविद्युत मा खर्च गर्दा पनि विधुत प्राधिकरण नेता ठेकेदार मोटाउने काम मात्र भएको छ । यस्तै हिल्दुम साना जलविद्युत को लापार्बाहीका कारण अन्य मानिसले पनि ज्यान गुमाउन नपर्ला भन्न सकिँदैन । हिल्दुम साना जलविद्युत का कर्मचारी ठेकेदार हरुले यसलाई मागी खाने भाडो समेत गरेका छन् । साउनको असिना जस्तै बर्सेनि करौड रकम साना जलविद्युत मा आउदा पनि काम कुरो एका तिर रकम बोकी कर्मचमरी , ठेकेदार , नेता तिर भन्ने उख्खान जस्तै भएको छ । हिल्म वितरण केन्द्रमा दक्ष कर्चारीहरु नहुनाले पनि यस्तो समस्या निम्तियको हो र जागिर खादा राजनितिक पावरमा कर्मचारी खटाउने भएकाले नि यस्तो घटना घट्ने गर्दछ । मृतकका आफन्तले लास लाई पोष्टमार्टम गर्न नमान्दा घटनालाई मध्येनजर गर्दै स्थानिय प्रशासनले सुरक्षा व्यवस्था कडाई गरेको छ । समाचार संकलनको लागि गएका पत्रकारलाई समेत वार्तास्थलमा प्रवेश रोक लगाईएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार १८:३६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,