Breaking News

बौद्धमा पनि सेर्कु, दर्शकले भने–बल्ल पत्ता लाग्यो अर्थ

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ११:४४

दर्शकबाट नव नायिका वाईबाको अभिनयको प्रशंसा

बौद्ध, काठमाडौँ । बौद्धको पृथ्वी हलमा शनिबार दोस्रो चोटि तामाङ चलचित्र ‘सेर्कु’ देखाएको छ । पहिलो पटक राष्ट्रिय नाचघर जमलमा देखाएको ‘सेर्कु’ ले दोस्रो प्रदर्शनमा पनि दर्शकको धेरैे राम्रो साथ पाएका छन् ।

चलचित्र हेर्न हलसम्म आएका दर्शकहरुले चलचित्र हेरेसकेपछि आँखाबाट आँसु पुस्दै हल बाहिर निस्केका उनीहरुले ‘सेर्कु’ को कथा र कलाकारहरुको तारिफ खुलेरै गरिएका थिए । एकै दिन धेरै ठाउँमा कार्यक्रम जुधे पनि ‘सेर्कु’ हेर्न आएका दर्शकहरुले हल भरी भराउ थिए ।

चलचित्र हेर्दा लाग्ने छन्, कि नब नायिका उर्मिला वाईबा चलचित्र क्षेत्रमा डेब्यू गर्दै गरेको नयाँ कलाकार जस्तो कतै देखिदैन भने शंका गर्ने ठाउँ नै दिएको छैन् किनकी वाईबाले गरेको अभिनय अनुभव लिइसकेको पुरानो कलाकारको भन्दा कम छैन ।

दर्शकलाई सुक्क–सुक्क गर्दै रुन बाध्य पर्दै चलचित्रको अन्तिमसम्म सेर्कुको अड्याउन सक्नु सेर्कुको मुल विशेषता भनेको फिल्मको कथा अनि एकपछि अर्काे प्रश्न उठाउने तर क्षणभरमै बताइ नहाल्ने र अब के हुन्छ, त्यसपछि के हुन्छ भनेर कथालाई अन्तिम समयसम्म सस्पेन्समा राख्नु हो ।

अधिकांश दर्शकहरु दोश्रो पटक पनि दोहोरिएर फिल्म हेर्न पुगेका थिए । दोश्रो पटक पनि चलचित्र हेर्न आएका उनीहरुबाट भने दोस्रो पटक हेर्दा मात्र ‘सेर्कु’ को अर्थ बुझेको बताए । अन्तिम समयसम्म बसेर फिल्म हेरेका दर्शकहरुले खुलेरै सेर्कुको तरिफ गर्न भने भ्याए ।

नायक तथा कथाकार ऋतुराज पाख्रीनको अभिनयलाई सबैले तारिफ तरिफ गरेसँग पागल चाही हो क्या भनेर पनि जिस्क्याउन पनि दर्शक पछि परेन । त्यसैगरी चलचित्रमा नवनायिका उर्मिला वाईबा लगायतका कलाकारहरु चाँदनी मोक्तान, सुस्मा मोक्तान, सुस्मा थिङ आदिको अभिनयमा कतै खोट लगाउने ठाउँ देखिदैन । साथमा अन्य कलाकारहरु बैरागी मोक्तान र श्याम योन्जनको अभिनय पनि त्यतिकै उत्कृष्ट छन् ।

यो चलचित्र दर्शकले मन पराउनुको एउटा मुख्य कारण भने यसमा धेरै नै सन्देशमुलक कुरालाई समेटिएर आम मानिसले समान्यतय जीवनमा भोगीरहेको र गरिरहेको क्रियाकलपलाई निकै रोमाञ्चक ढंगले पर्दामार्फत प्रस्तुत गर्नु हो ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ११:४४

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,