Breaking News

चितवन, साउन ४ –

क्यानडाको टोरण्टो शहरस्थित लिसाइड सेन्टिनियल लायन्स क्लबले भरतपुर आंँखा अस्पताललाई ५०० थान चस्मा सहयोग गरेको छ ।

अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा तुलसी धरेलले नेपाल नेत्रज्योति संघका जिल्ला सभापति कृष्णराज धरेल, आंँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्के र मेडिकल डाइरेक्टर प्राडा रघुनन्दन बेञ्जुलाई ती चस्मा हस्तान्तरण गरेका थिए ।

क्यानडाबाट हालै नेपाल आएका धरेलले करीब चार लाख रुपैयाँ बराबरको ती चस्मा हस्तान्तरण गरिएको र आउँदा दिनमा पनि आंँखा अस्पताललाई सक्दो सहयोग गर्ने बताए । अस्पतालका अध्यक्ष मास्केले ती चस्मा गरीब, असहायलाई प्रदान गरिने जानकारी दिए। रासस

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १५:२७

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,