Breaking News

“जानि राखौँ बुझी राखौँ स्वास्थ्यको मात्राभेनस अस्पतालको स्थानिय बासीहरुसंग सामाजिक सहयात्रा ” भन्ने नाराका साथ भेनस अस्पतालद्धारा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भेनस अस्पतालको प्राङ्गण, मध्य बनेश्वर, काठमाण्डौमा आयोजित उक्त कार्यक्रममा बरिष्ठ ग्यास्ट्रो सर्जनद्धारा पाइल्स, हर्निया, फिस्टुला, पित्त थैली तथा एपेन्डिसाइटिसको निःशुल्क परामर्श, बरिष्ठ जनरल फिजिसियन द्धारा समग्र स्वास्थ्य परीक्षण, बरिष्ठ छाला रोग विशेषज्ञ द्धारा छाला रोगको परीक्षण गरिएको थियो भने ७५ जना भिडियो एक्सरे गर्नु पर्ने विरामीहरुको निःशुल्क भिडियो एक्सरे गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा बानेश्वर र आसपासका क्षेत्रका बासिन्दाहरुका अतिरिक्त उपत्यकाका विभिन्न स्थानबाट ३५० जना विरामीहरु आफ्नो स्वास्थ्य समस्या लिएर आएका अस्पताल कि महाप्रवन्धक मनिषा ढकालले बताइन् । उनीहरु मध्ये कतिपयको शल्यक्रिया गर्नु पर्ने समस्या समेत रहेको र शल्यक्रियामा समेत विशेष छुट दिने पनि महाप्रवन्धक ढकालले बताइन् ।

शिविरमा सहभागीहरुलाई प्रयोगशाला परीक्षणमा समेत विशेष छुट दिइएको थियो । रक्तदान कार्यक्रममा ५० जनाले रक्तदानको लागी नाम लेखाएका थिए भने स्वास्थ्य परीक्षण पश्चात ३५ जना मात्र रक्तदान गरेका थिए ।

  

भेनस अस्पतालले यस अघि पनि उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानहरुमा विशेषज्ञहरुको टोली सहित स्वास्थ्य शिविर संचालन गर्दैआइरहेको छ ।सामाजिक उत्तरदायित्व निर्वाहमा सधैं तत्पर रहने उक्त अस्पतालमा सर्वसुलभ शुल्कमा विभिन्न स्वास्थ्य समस्याको उपचार र परामर्श सेवा उपलब्ध हुने अस्पतालका निर्देशक श्रीराम ढकालले बताए ।

टेष्ट ट्युव वेवीको समेत सुविधा रहेको भेनस अस्पतालमा आई.सि.युको समेत राम्रो व्यवस्था छ भने चौविसै घण्टा एम्वुलेन्सको सुविधा रहेको छ । अस्पतालबाट २ किलोमिटर क्षेत्र भित्र अस्पतालले निःशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार ०६:३७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,