Breaking News

मगर समुदायको साँस्कतिक पर्व ‘माघे सकराती’ टुँडिखेलमा मनाउदै

प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार ११:४७

कार्यक्रम प्रधानमन्त्री ओलीबाट समुद्घाटन हुने 

काठमाडौं । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती ‘माघे सकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ, मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल नारामगर समुदायले भव्य रुपमा मनाउने भएका छन् । नेपाल मगर संघले बिहिवार पत्रकार सम्मेलन गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस ३० गते र माघ १ गते टुँडिखेलमा माघे सकराती भव्य रुपमा मनाउने जानकारी दिएको हो । माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुद्घाटन हुने कार्यक्रममा शुभकामना आदान प्रदान तथा मौलिक साँस्कृतिक प्रदर्शनीको साथमा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रर्दशनी गरिने आयोजकले बताइएका छन् ।

मगर समुदायमा माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ भने घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने चलन छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकारलाई मगर समुदायमा मिस्रा भन्ने गरिन्छ ।

यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ । साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिन देखि बेसीबाट लेकमा बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरु हुने जानकारी दिदैँ सरकारले गरेको पर्व विदा कटौती तत्काल पुनरावलोकन गर्न आग्रह गरे ।

प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार ११:४७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,