Breaking News

काभ्रे । काभ्रे जिल्लाको कान्छो नगरपालिकाको रुपमा चिनिने मण्डन देउपुर नगरपालिका प्रविधियुक्त बन्दै गएको छ । कुनै बेला वडा कार्यालयमा बसेर नगरपालिकाको काम गर्दै आएको नगरपालिकाले अप्ठ्यारा परिस्थितिको बीचमा पनि आफ्नो कामलाई निरन्तरता दिएको थियो । अब भने ति परिस्थितिबाट दुर रहेर सुचना प्रविधिलाई प्रयोगमा ल्याई आफ्ना कामलाई अगाडि बढाएको छ ।

नगरपालिकाले कार्यालय व्यबस्थापन गरेपछि टेलिफोन, सिसिक्यामेरा, इलेक्ट्रोनिक हाजिर सिस्टम र डिजिटल सुचना बोर्ड प्रयोगमा ल्याएका छन् । अहिले नगरमा कति तापक्रम छ, कस्तो मौसम छ भन्ने कुराहरु डिजिटल बोर्डमार्फत सजिलैसंग थाहा पाउने हुदाँ नगरवासी खुशीसंगै दंग छन् ।

सुचना प्रविधिको जडानले नगरको काम कार्वाहीलाई सजिलै र नजिकबाट नियाल्न समेत सहज भएको मेयर टोकबहादुर वाईबाले बताए । सुचनाको पहँुच आम नागरिकमा पुर्याउन सुचना केन्द्रको सुरु गरेसंगै नगरपालिकाका हरेक जानकारी र नयाँ काम र योजनालाई समेत वेवसाइडामा राख्ने तयारी रहेको मयेर वाईबाले जानकारी दिए ।

त्यसैगरी केही समयमै नगरबासिले आफ्नो नगरको गतिविधि घरमै बसेर हेर्न पाउने दिन पनि आउने छ । मेयरले के गर्दै छ, नगरको काम के हुदैँ छ, कति कामहरु सकिए यस्ता सबै विवरण घरमै बसेर थाहा पाउनुपर्ने नगरबासिको अधिकार भएकाले सुचना र प्रविधिमा नगरले कुनै पनि प्रकारको कन्जुस्याई नगर्ने मेयर वाईबाले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १३:३०

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,