Breaking News

मण्डन देउपुर नपा–२ मा अस्थायी प्रहरीचौकी स्थापना

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १४:१७

मण्डन । मण्डन देउपुर नगरपालिकाको अगुवाईमा मण्डन देउपुर नपा–२ मा प्रहरीचौकी स्थापना गरिएको छ । मण्डन देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवाको नेतृत्वमा जनताको सुरक्षा र समस्यामा प्रहरीको आवश्कता महसुस गर्दै प्रहरीचौकी स्थापना भएको हो ।

प्रहरीचौकीलाई आवश्यक पर्ने फर्निचर, एक थान मोटरसाईकल, पकाउन आवश्यक रहेको भाँडाकुँडाको समेत व्यवस्थापन नगरपालिकाले गरेको छ । प्रहरीचौकीलाइ आवश्यक रहेको भवन समेत नगरले उपलब्ध गराएको छ । नगर प्रमुख वाईवाले नाल्दुमका जनतालाई सानोभन्दा सानो काम परेपनि नाला प्रहरीचौकी वा हिगुवाटीपाटी जानु पर्ने बाँध्यताको अन्त्य गर्नकै लागि र नगरकोट ँक्षेत्रमा हुन सक्ने आपराधिक कृयाकलाप रोक्न प्रहरी चौकी स्थापना गरिएको बताए । उनले नगरका अरु ठाँउहरुमा समेत प्रहरीचौकी स्थापना गर्न लागेको बताए । आवश्यक रहेको ठाँउमा चौकी स्थापना गर्ने जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट हस्तान्तरण कार्यक्रममा बोल्दै काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रहरी जनताको सेवक भएको बताउँदै जनताको सुखदुखमा प्रहरीले निरन्तर सेवा दिने विश्वास व्यक्ता गरे । उनले यहाँको आवश्यकता सुरक्षाको दृष्टिकोणवाट प्रहरीचौकी स्थापना गरेको बताउँदै आगामी दिनमा स्थायी चौकी बनाउन आवश्यक पहलकदमी गर्ने बताए ।

त्यसैगरी काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले चीनसँग सिधै नाका पर्ने र विभिन्न देशवाट आउने पर्यटकहरुको सुरक्षाको लागि र चोरी निकासी नहोस् भन्ने उदेश्यले प्रहरी चौकी स्थापना गरेको बताए ।

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १४:१७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,