Breaking News

मनाङले रच्यो इतिहास, दुइ खेल अगावै बन्यो लिग च्याम्पियन

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार १८:०६

 

ललितपुर । मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन भएको छ । जारी लिगमा लगातार ११ खेलमा ११ खेलमै सतप्रतिशत जित निकाल्दै ३३ अंकसहित लिगको शीर्ष स्थानमा रहँदै मनाङ च्याम्पियन भएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङले दुई खेल अगावै लिगको उपाधि उचालेको हो । यो पटकसमेत गर्दा मनाङले आठौं पटक शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेका हुन् ।

अब मनाङलाई लिगमा उपाधिका दाबेदार संकटाले बाँकी २ खेल जिते पनि भेट्ने छैन भने तेस्रो स्थानमा रहेको थ्रीस्टारले बाँकी तीनै खेल जिते पनि मनाङलाई हराउन सक्दैन।

संकटाका प्रशिक्षक सल्यान खड्गी भन्छन्, ‘हाम्रो लक्ष्य सुरुमा शीर्ष पाँचमा पुग्ने थियो । तर हामीले खेलहरु जित्दै गयौं । बिहीबारको खेलमा मनाङलाई जितेको भए उपाधि जितिन्छ भन्ने लागेको थियो ।’

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार १८:०६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,