Breaking News

कृष्ण भिर,२०७५-बैशाख २५ मलेसिया / मलेसिया यहि आउँदो मुस्लिम धर्मावलम्बीहरुको महान पर्व हरिरायाको पावन अवसरमा मलेसियाको अलोरगाजा स्थित सयपत्री युवा क्लबले मलेसिया ब्यापी भलिवल प्रतियोगिता आयोजना साथै भाग्यशाली उपहार धमाका १०१८ गर्ने निश्चिति भएको छ ।

मलेसियाको विविध चाडपर्वहरुमा विविध कार्यक्रमहरु गर्दै आएको सयपत्री युवा क्लबले यो पाली पनि नेपाली दाजुभाइ दिदिबहिनीहरुको छुट्टीको समयलाई अर्थपूर्ण र मनोरंजन दिने उदेश्यका साथ भलिबल प्रतियोगिता साथै भाग्यशाली उपहार योजना आयोजना गरिएको क्लबका अध्यक्ष ग्याबिन्द्र राईले जानकारी दिएको छ ।

यस्तो छ नियम ,यसरि सहभागी हुनुहोस

– अग्रेजी जुन महिनाको 15 र 16 तारीख भलिबल प्रतियोगिता भब्य हुन लागेको हो ।
– 15 तारीख खेल सुरुहुने दिन भएको ले खेल प्रेमिले 11 बजे साम्ममा आएर टिम दर्ता गर्नु पर्नेछ ।
– भलिबल प्रतियोगितामा टिम दर्ता शुल्क RM 751लाग्ने छ ।
– भलिबल प्रतियोगिता नेपालीले आयोजना गरेको हुँदा खेलाडी सबै नेपाली मात्रै हुनुपर्नेछ ।
– टाढाबाट आउने खेलाडी साथीहरूलाई खान बस्नको निशुल्क सुबिधा पनि रहेको छ।
– खेलाडी खेलप्रति अनुशाशित हुनुपर्नेछ ।
– खेल खेलमैदानमा कुनै बिबादास्पद कुराहरू आएमा आयोजक र रेफ्रीको निर्णय मान्य हुनेछ ।

बिजेताले प्राप्त गर्ने उपहारहरु 

प्रथम स्थान ल्याउने खेल समुहले RM 6000 (छ हजार)मलेसिया रिंगेट प्रप्त गर्ने छ साथै मेडल र प्रमाणपत्रले सम्मान गरिने छ

– खेलमा दोश्रो हुने खेल समुहले मलेसिया RM 4000 (चार हजार)र मेडल सहित प्रमाणपत्र प्राप्त गर्ने छ
– खेलमा तृतिय हुने खेल समुहले RM 3000(तीन हजार) साथै सोही अनुसार मेडल र प्रमाणपत्र प्रप्त गर्ने छ ।
– खेलको दोश्रो दिन अर्थात जुन 16 तारीख भाग्यसाली उपहारको चिट्ठा पनि खोलिने छ । – जसमा प्रथम पुरस्कार सुनको सिक्री एक जनालाई
– दोश्रो भाग्यशाली उपहार ल्यापटप एक जनालाई
– तेश्रो भाग्यशाली उपहार मोबाईल एक जनालाई
– चौथो पुरस्कार हाते घडी 5 जनालाई
– सान्त्वना पुरस्कार घडी 20जनालाई

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार २०:५०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,