Breaking News

महांकालमा शुभ दीपावली आमन्त्रण कप फुटबल प्रतियोगिता हुने

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १७:४६

प्रथमले नगर पुरस्कार रु. ३० हजारसहित शिल्ड, मेडल, प्रमाण–पत्र पाउने

–इकमान लामा
खानीखोला, काभ्रे / जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–७ स्थित महांकलमा ‘‘शुभ दीपावली आमन्त्रण कप फुटबल प्रतियोगीता–२०७५’’ हुने भएको छ । शुभ दीपावली, छठ र ल्होछारको अवसरमा पशुपति युवा क्लवले आयोजना गर्न लागेको फुटबल प्रतियोगीता आगामी २०७५ साल कार्तिक २५ गते देखि क्लवकै खेल मैदान महांकलमा हुने निश्चित भएको हो ।

प्रतियोगीतामा सहभागी हुने टिम वा क्लवले टिम दर्ता शुल्का रु. ४ हजार र धरौटी रु. १ हजार गरी जम्मा रु. ५ हजार बुझाउनु पर्ने छन् । टिम दर्ता गर्दा नियमित खेलाडी ११ जना र थप खेलाडी ५ जना गरी जम्मा १६ जना खेलाडीको नाम दर्ता गर्नुपर्नेछ । टिम दर्ता अन्तिम मिति २०७५ साल कार्तिक २२ गते दिउँसो ४ बजेसम्ममा तोकिएको छ भने सोही दिन ५ बजे टाइसिट निर्धारण गरी प्रकाशित गरिने क्लवको सचिव सोम बहादुर दर्लामीले जनाकारी साथमा उनले खेल लीग नकआउटको आधारमा फिफाको नियम अनुसार खेलाईने बताए ।

प्रतियोगितामा प्रथम हुने टिम वा क्लवले नगर पुरस्कार रु. ३० हजारसहित शिल्ड, मेडल, प्रमाण–पत्र प्राप्त गर्नेछ । त्यसैगरी द्धितीय, तृतीय हुने टिमले शिल्ड, मेडल, प्रमाण–पत्रको साथमा क्रमश नगद रु. २० हजार र रु. १० हजार पुरस्कार पाउनेछ भने सान्त्वना हुने टिमले नगद पुरस्कार रु. ५००० संगै मेडल र प्रमात्र–पत्र पाउनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएका छन् । प्रतियोगितामा काभ्रे, मकवानपुर, सिन्धुली र ललितपुरका विभिन्न १२ वटा भन्दा बढी क्लवहरु सहभागी हुने अनुमान गरिएका छन् ।

प्रतियोगिता फुटबल खेलको माध्यमबाट कुलतमा फसेका यूवाहरुलाई स्वस्थ जिवन बिताउन प्रेरणा दिनुका साथै युवाहरुबीच आपसी मेलमिलाप र एकबद्धता गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको क्लवबो अध्यक्ष कमल बहादुर पुलामीले बताए ।

त्यसैगरी क्लवको सचिव दर्लामीले प्रतियोगिता सञ्चालन गर्न पाउनु सुखद् अवसर भएको बताउँदै प्रतियोगिताले व्यावसायिक खेलको प्रवद्र्धनसँगै खेल पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास लिएको समावेशी अनलाईनलाई बताए । प्रतियोगितामा सहभागी टिमका खेलाडीले खाना र बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ ।

पत्र नमुना

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १७:४६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: sama[email protected]

 

Contact: 9823394647, 9849878184,