Breaking News

महाभारत गाउँपालिकाले ल्होछारमा ३ दिन विदा दिने

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार ११:२२

रोशी र तेमाल गाउँपालिकाले यस अघि नै ल्होछारमा ३ दिन विदा दिने घोषण

समावेशी संवाददाता
महाभारत, काभ्रे । काभ्रे जिल्लाको विकट क्षेत्र मानिनुका साथै स्थानीय तहको वर्गीकरण अनुसार दुर्गम क्षेत्रमा परेको महाभारत गाउँपालिले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले बुधबार (हिजो) बसेको गाउँपालिकाको बैठकबाट ल्होछारलाई लक्षित गरी आगामी माघ २१, २२ र २३ गते सार्वजानिक विदा दिने निर्णय गरेको हो ।

महाभारत गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको क्षेत्र हुनुको साथै संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको आधारमा नै ल्होछारको विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । सोनाम ल्होछारलाई उत्सवका रुपमा मनाउन आम तामाङ तथा गैर तामाङ समुदायलाई अनुरोध गर्दै अध्यक्ष जिम्बाले बैठकबाट नै ल्होछारको शुभकामना दिएको थियो । अध्यक्ष जिम्बाले कसैलाई काख र कसैलाई पाख नगरी सबै पर्वको समान गर्ने बताउँदै ल्होछारमा जस्तै अन्य समुदायको प्रमुख चाडपर्वहरुमा पनि गाउँपालिकाले सार्वजानिक विदा दिने जानकारी दिनुभयो ।

त्यसैगरी गाउँपालिकाका प्रवक्ता रविन मोक्तानले ल्होछारको विदा दिएसँगै गाउँपालिकाभित्रका सबै सरकारी निकाय तथा शैक्षिक संस्थाहरु पुर्ण रुपमा ३ दिन विदा हुने समावेशी अनलाईनलाई बताए । ‘महाभारत गाउँपालिकामा ८० प्रतिशत भन्दा बढी तामाङ समुदायको बसोबास रहेका छ ।’ उनले थपे, ‘तामाङ समुदायले सोनाम ल्होछारलाई आफ्नो मुख्य धार्मिक तथा साँस्कृतिक पर्वको रुपमा मनाउने भएकाले उक्त दिनहरुमा विदा दिइएको हो ।’ रोशी र तेमाल गाउँपालिकाले यस अघि नै ल्होछारमा ३ दिन विदा दिने निर्णय गरिसकेका छन् ।

तामाङ समुदायमा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को नयाँ वा फेरिनु भएकाले पुरानो वर्ष सकेर नयाँ वर्षको शुरुवात हुने दिनमा पुरानो वर्षलाई विदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘सोनाम ल्होछार’ मनाउने गरिन्छ । उक्त दिन तामाङ समुदायले घर–घर मात्रै नभई सार्वजानिक ठाउँहरुमा समेत विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरी ल्होछारलाई हर्साे उल्लासका साथ उत्सवको रुपमा मान्छन् । त्यस्तै तामाङ समुदायले मान्ने चन्द्र पात्रो (लुनार क्यालेण्डर) का अनुसार यही मा २२ गतेदेखि ‘खि ल्हो’ सकेर ‘फाग् ल्हो’ शुरु हुदैछ । उक्त दिन तामाङहरु बासोबास गर्न देश तथा विदेशका विभिन्न ठाउँमा ल्होछारलाई भत्यताका साथ मान्ने गरिन्छ ।

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार ११:२२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,