Breaking News

महोत्सवमा चिनियाँ कलाकारको नृत्य पारे सबै दंग

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १२:३४

कात्तिक २७, काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ चीन महोत्सव–२०१८ को आज  शुभारम्भ गरिन् । महोत्सव चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा भएको हो ।

महोत्सवमा संस्कृतिमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् १९५५ मा कूतनीतिक सम्बन्ध स्थापना भएयता नेपाल चीन सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको र चीनले भूकम्पका बेला राहत प्रदान गर्नाका साथै पुनःनिर्माणमा सहयोग गरी नेपालीको मन जितेको बताए ।

यस्तै चीनका संस्कृतिमन्त्री लो सु काङले नेपाल र चीन नदी तथा पहाडले जोडिएको तथा चीनको एक क्षेत्र एक मार्ग अवधारणाले यिनलाई झन् नजीक बनाउने विश्वास व्यक्त गर्दै सन् २००३ देखि शुरु भएको महोत्सवले आपसी आदानप्रदान र सहकार्यमा राम्रो प्रभाव पारेको बताए । दुईदिने महोत्सवमा चिनियाँ राष्ट्रिय ब्यालेका कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १२:३४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,