Breaking News

–इकमान लामा

महाभारत, काभ्रे / महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले निर्वाचित भएको १७ महिना नबित्दै प्रशस्त उपलब्धि हासिल गरेका छन् ।
निर्वाचित भएको ५०८ दिन पुग्दा उनले दर्जनौँ विकास निर्माणका कार्यहरुमा उपलब्धि हासिल गरेका हुन् । मुलुककै कान्छा गाउँपालिका अध्यक्षको रुपमा निर्वाचित बनेका अध्यक्ष जिम्बाले गाउँपालिकाको विकासका निम्ति अनेकौँ उपलब्धि हासिल गरेका हुन् । परिणाममुखी उपलब्धि हासिल गरेका जिम्बाले अन्य दर्जनौँ विकास निर्माणका कामहरुमा उपलब्धि दिलाउने प्रयास गरिरहेका छन् ।

कान्छालालले छोटो समयमा नै महाभारतको विकासमा हासिल गरेको उपलब्धिबारे महाभारतमा त चर्चा भइरहेको छ नै, त्यसबाहेक जिल्लाका विभिन्न तहमा समेत यसको चर्चा भइरहेको छ । अध्यक्ष जिम्बाको पालामा भएका उपलब्धिमुलक कामहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

१. गाउँपालिकाबाटै प्रशासन कार्यालय सञ्चालन
नागरिकता र राहदानीको सिफारिसका लागि सदरमुकाम धुलिखेल आउनुपर्ने बाध्यताको अन्त्य गर्दै कान्छालालले गाउँपालिकामै इलाका प्रशासन कार्यालयको सञ्चालन गरेका छन् । गाउँपालिकाको कार्यालयबाट नागरिकता वितरण, राहदानी सिफारिस, नाबालिका प्रमाणिकरण लगायतका कामकारबाही भइरहेको छ । उनले गाउँपालिकामा प्रशासन कार्यालय स्थापना गर्नका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डसँग वनखुमा ज्ञापनपत्र बुझाएर पहल थालेका थिए । नवनिर्वाचित सांसदहरुको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्न वनखु पुगेका अध्यक्ष प्रचण्डले कार्यक्रम उपस्थित प्रमुख जिल्ला अधिकारीलाई तत्काल प्रशासन कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । गाउँपालिकामा अहिले इलाका प्रशासन कार्यालय सञ्चालनमा छ ।

२. सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना
महाभारतले स्वास्थ्यको क्षेत्रमा ऐतिहासिक फड्को मारेको छ । यसअघि २ वटा सामुदायिक स्वास्थ्य स्थापना गरेको महाभारतले हाल ७ वटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । यसअघि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको थियो । घरमा नै परम्परागत रुपमा प्रसूति हुदाँ आमा र शिशुको ज्यान जोखिम बढी हुँदा महिलाहरु चिन्तित बन्दै आएका थिए । अध्यक्ष जिम्बाको सक्रियतामा बर्थिङ् सेन्टर सञ्चालनमा आएसँगै यहाँका महिलाहरु खुसी छन् ।

३. गाउँपालिकालाई निशुल्क जग्गा, गाउँपालिकामै जग्गा पास
महाभारत गाउँपालिकाले प्रतिष्पर्धाको माध्यमबाट गाउँपालिकाको कार्यालय निर्माणका लागि निशुल्क जग्गा लिन सफल भए । निशुल्क जग्गा दिन चाहनेहरुका लागि सार्वजनिक सुचना निकाल्दै गाउँपालिकाले प्रतिष्पर्धाको माध्यमबाट उपयुक्त ठाउँमा कार्यालय स्थापना गर्ने सुचना जारी ग¥यो । जसका लागि परेका निवेदन उपर छलफल गरी उपयुक्त ठाउँ छान्दै गाउँपालिकाले निशुल्क रुपमा जग्गा हात पा¥यो । गाउँपालिकालाई प्राप्त जग्गा अध्यक्ष जिम्बाकै उपस्थितिमा महाभारतमै पास समेत भएको थियो ।

४. प्रदेश सरकारबाट विशेष अनुदान
गाउँपालिकाका अध्यक्ष जिम्बाको विशेष सक्रियतामा महाभारतले प्रदेश सरकारबाट ५ करोड रुपियाँ विशेष अनुदान प्राप्त ग¥यो । प्रदेश सांसद्, रत्न ढकालले अध्यक्ष जिम्बाको यो कार्यलाई टेवा पु¥याउन ३ नम्बर प्रदेश परिषद्मा भूमिका निर्वाह गर्दै अनुदानको व्यवस्था गरेका थिए । जसमा नेकपा अध्यक्ष प्रचण्डले समेत साथ दिएका थिए ।

५. गाउँ–गाउँमा सडक, धापसम्म बस
पहिलोपटकको बजेटमै सडकलाई उच्च प्राथमिकतामा राखेका कान्छालालले गाउँपालिकाको सबै वडामा लगभग सडकको पहुँच पु¥याएका छन् । सडक विस्तारपछि नै विकासले फड्को मार्ने बताउँदै आएका उनले गाउँका सबै ठाउँमा सडक विस्तार गर्ने कार्यलाई जोड दिँदै गाउँ–गाउँमा सडक पु¥याएका छन् । त्यति मात्रै होइन, उनले सडकको स्तरोन्नती गर्दै सदरमुकाम धुलिखेलदेखि महाभारत गाउँपालिका वडा नं. १ स्थित धापसम्म बस सेवा समेत सञ्चालनमा ल्याएका छन् ।

६. विद्युतीकरणका लागि करोडौँ बजेट
केन्द्रीय विद्यूत प्रशारण लाइन विस्तारका लागि महाभारत गाउँपालिकालाई करोडौँ बजेट विनियोजन भएको छ । डाँडापारिस्थित खानीखोला र महाभारत गाउँपालिकालाई गरी ९० करोडभन्दा बढी बजेट विद्युतीकरणका लागि विनियोजन भएको छ । यो बजेट विनियोजनका लागि कान्छालालले प्रत्यक्ष रुपमा भूमिका निभाएका थिए । वनखुमा प्रचण्ड जाँदा १४ बुँदे ज्ञापनपत्र बुझाएका उनले टोकेदमारमा हालका ऊर्जामन्त्री वर्षमान पुन डाँडापारि सोनाम ल्होछार आयोजक समितिको कार्यक्रममा पुग्दा पनि ज्ञापनपत्र बुझाएका थिए । प्रचण्ड र अनन्तले पूर्वऊर्जाराज्यमन्त्री सूर्यमान दोङको समेत निरन्तर फलोअप र पहलमा यो बजेट विनियोजन गरेका थिए । जसका लागि अध्यक्ष जिम्बाका साथै संघीय सांसद गंगाबहादुर दोङ, प्रदेश सांसद् चन्द्र लामा र रत्न ढकाल लगायतले समेत भूमिका निभाएका थिए ।

७. गाउँमै बैँकको कार्यालय
महाभारत गाउँपालिकाबाट सनराइज बैँक लिमिटेड सञ्चालनमा अाएकाे छ । महाभारतका लागि यो ठूलो उपलब्धिका रुपमा लिनुपर्दछ । जिल्लाकै विकट क्षेत्र भनेर चिनिने महाभारत गाउँपालिकास्थित वनखुबाट यो बैँक सञ्चालनमा आउने भएसँगै स्थानीय खुसी छन् । अनेक चुनौतीकाबीच बैँक सञ्चालनमा ल्याउनु कान्छालालको अर्को उपलब्धिको रुपमा व्याख्या गरिएको छ ।

माथिका सबै उपलब्धिलाई हेर्दा कान्छालालले ५०८ दिनमा जति गर्नुपर्ने थियो, त्योभन्दा बढी नै गरेका छन्, भन्दा फरक पर्दैन । त्यसो त अध्यक्ष जिम्बा विवादमै नआएको पनि होइन । उनी कुनै कुनै विषयमा विवादमा पनि आएका छन् । तर उनले हासिल गरेका उपलब्धिकाकारण उनको नाममा भएको विवादले कुनै स्थान लिन सकेको छैन ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १८:०५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,