Breaking News

मेयर कपको फाइनल शानिबार, उपाधीका लागि वडा नं. १३ र १४ भिड्दै

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार ११:४२

विजेताले नगद ५० हजार पाउने

बनेपा, काभ्रे । काभ्रेको मुटुको रुपमा चिनिने व्यापारिक सुन्दर नगरी बनेपामा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ गत १९ असोजदेखि बनेपा नगरपालिकाको प्रायोजन तथा वडा नं. ५ को संयोजनमा शुरु भएको ‘प्रथम मेयर कप अन्तर वडा स्तरीय नाईन ए साईड फुटबल प्रतियोगिताको फाइनल खेल २७ गते शनिबार हुने भएको छ ।

बनेपा नगरपालिकाको मेयर लक्ष्मीनरसिं बादेद्धारा उद्घाटन भएको प्रतियोगिताको उद्घाटन खेल वडा नं. ५ को ए समुह र वडा नं. ६ बीच भएको थियो । उक्त खेलमा वडा नं. ५ ले वडा ५ लाई १–० गोलले पराजित गरेको थियो । साही दिन भएको अर्काे खेलमा वडा नं. ७ ले वडा नं. २ लाई पराजित गरेको थियो ।

१४ वटा वडाबाट १६ टिम सहभगी रहेको प्रतियोगिताको विजेता हुने टिमलाई नगद ५० हजार सहित शिल्ड र मेडल उपलब्ध गराइनेछ भने उपविजेता हुने टिमलाई नगद ३० हजार उपलब्ध गराइने वडा अध्यक्ष बलराम अधिकारीले बताए ।

प्रतियोगितामा क्वाटरफाइनलमा वडा नं. ५ को बि ले वडा नं. ११ लाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरमा पराजित गरि सेमिफाइनल प्रवेश गरेको थियो । उक्त खेलमा वडा नं. ५ को बि समुहको गोलकिपरको भुमिकामा खेलेका मुल संयोजन समितिको सदस्य तथा उप–समिति प्रशासनिक तर्फको संयोजक सागर मानन्धर म्यान अफ द म्याच भएको थियो । मानन्धरले एक पेनाल्टी उत्कृष्ट बचाए गरेको थियो ।

जित निकलेसंगै फाइनल प्रवेशको लागि भएको खेलमा भने वडा नं. १३ संग ४ गोलले पराजित भए । वडा नं. १३ भने फाइनल प्रवेश गरेको छ । त्यसैगरी अर्काे खेलमा वडा नं. १४ ले वडा नं. ९ लाई पनाल्टी सुटआउटमा ५–४ को गोल अन्तरले पराजित गरि फाइनल पक्का गरेको हुन् ।

फाइनल प्रवेश गरेका वडा नं. १३ र १४ बीचको फाइनल खेल भने असोज २७ गते शनिबार हुने मुल संयोजन समितिको सदस्य सागर मानन्धरले जानकारी दिए । प्रतियोगिता नेपाल–बनेपा बहु–प्राविधि शिक्षालयको खेल मैदान (चाइना टाउन)मा हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार ११:४२

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,