Breaking News

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ०७:४५

काठमाडौं  २३ चैत ,  मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला धरान–१७ बस्ने ३० वर्षीय सञ्जीव विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका विश्वकर्माको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीका प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलका चालक धरान–१७ कै २२ वर्षीय विजय विश्वकर्मा गम्भीर घाइते भएकाले उहाँको धरानमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ०७:४५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,