Breaking News

मोडल  हट नै हुनुपर्छ – मोडल सुनिता

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ११:३५

छोटो समयमा नै मोडलिङ क्षेत्रमा आफ्नो अबल्ल कलामार्फता दर्शकको ढुकढुकीमा बस्न सफल मोडल हुन् सुनिता दोङ । उनको जन्मभुमि काभ्रे जिल्ला तेमाल गाउँपालिकाको वडा ०९ स्थित तेमाल हुन् । बुबा पन्च लामा दोङ र आमा च्याङ्बारानी तामाङको कोखबाट जन्मिएका उनी सानै देखि कला क्षेत्रमा अत्यन्तै रुची राख्थी ।  पछिल्लो समयमा उनै दोङको अभिनय रहेको म्युजिक भिडियोले बजारमा निकै चर्चा पाएका छन् भने मोडल दोङको पनि उत्तिकै प्रशंसाक र फ्यानहरु बढेका छन् । दोङको उत्कृष्ट अभिनयको कारण नै उनले नेपाली कथानक चलचित्रमा पनि काम गर्ने मौका पाएकी हुन् । प्रस्तुत छ, उनै मोडल दोङसँग इकमान लामा (इमाला)ले गरिएको कुराकानीः

 

हाल के गर्दै हुनुहुन्छ ?

नेपाली कथानक चलचित्र ‘माया अमृत कि बीस ?’ को सुटिङतिर नै व्यस्त छु । साथमा आफ्नो व्यक्तिगत काम पनि ।

कलाकारिता क्षेत्र नै किन रोज्नु भयो नि ?

यो रोजेको भन्दा पनि आइपरेको हुनाले यो क्षेत्रमा लागेको हो । खासै तिब्र रुपमा चाहिँ होइन । आफ्नो ब्यक्तिगत पेसा र सामाजिक कामबाट खाली रहेको समय नै कलाकारिता क्षेत्रमा दिइरहेको हुन्छु ।

कलाकारिता अथवा मोडलिङ क्षेत्रमा लागेर जिविका चलाउन कठिन भनिन्छ नि, तपाईको चाहिँ अवस्था कस्तो छ ?

कठिनाई नै छ । यस क्षेत्रबाटै जिविका धन्ने भए कलाकारहरु किन व्यावसायतिर लागिर्पथ्यो होला र ? अनि पेशा छोडेर र ऋण गरेर खाडी मुलुकमा गइन्थ्यो होला ? मैले भोकेको र अन्य कलाकार मित्रहरूको देख्दा कलाकारिताबाट मात्रै जिविका चलाउन गह्रो नै छ भन्ने लाग्छ । सहज हुनाको लागि व्यावयिक रुपमा नै कलाकारिताको क्षेत्रमा निरन्तर काम गर्न पाउनुे वातावरण आवश्यक पर्छ । कुनै एउटा मुभि वा म्युजिक भिडियोको काम सकेपछि तत्काल अर्को काम शुरु गरिहाल्न पाउने आवस्था छैन ।

अभिनय बाहेक अरु के–के गर्नु हुन्छ ?

म सानो पेशा पनि गर्छु, भन्नले थान्का लेख्ने काम गर्छु । साथमा फुर्सदको समयमा पढ्ने र संघ–संगठनको काममा हुन्छ ।

कलाकारिता क्षेत्रमा शरीरिक शोषण पनि हुन्छ भन्छ नि, खास के हो ?

शरिरिक शोषण हुन्छ भन्नु भ्रम हो । मैले पनि सुनेको छु । तर  देखेको र त्यो अवस्थालाई भने भोग्नु परेको छैन । मैले काम गरेको ठाउँमा एउटै परिवारमा जस्तै अनुभव चाहिँ गरे । यसको मतलब हुदैँ हुदैन भन्ने चाहिँ होइन । जस्तो कि बेलामा नेपाली नायिकाहरुमाथि शोषण भएको समाचार पनि आइरहेको छैन । जे होस्, मैले चाहिँ त्यस्तो अवस्था भोग्नु परेको छैन र भोग्नु नपरोस् पनि ।

अहिलेका परिस्थितिमा सबै क्षेत्रमा चाहिँ देखिन थालेका छन् । चाहे त्यो शिक्षा क्षेत्रमा होस, चाहे अन्य कुनै क्षेत्रमा नै । तर कलाकरिता क्षेत्रमा लागेको ब्यक्तिको जसरी भाइरल चाहिँ अरु क्षेत्रमा हुन्न । झन् अहिले हाल अबस्थामा सोझा साझा, बृद्धा र बालकमाथी व्यापक बलात्कार नै भइरहेकै छ । यसको एउटा जलन्त उदाहरणको रुपमा निर्मला बलात्कार काण्डलाई लिन सकिन्छ ।

तपाईको नजरमा कलाकारिता अर्थात मोडलिङ क्षेत्रको बर्तमान आवस्था कस्तो देखिरहनु भएको छ ?

यो क्षेत्रमा लाग्ने कलाकारहरुलाई मिडियाले आफ्नो तर्फबाट धेरै सहयोग गरिरहेका छन् । कलाकारहरु पनि सङ्ख्यात्मक रुपमा बढीरहेका छन् । तर पनि अहिलेको अबस्थामा मैले देखेको अनुसार कलाकार वा मोडल बन्न आफैले लगानी गरेर आएको धेरै देखिन्छ । कला र गला बोकेर आउनुपर्ने क्षेत्रमा पैसा बोकेर आएको कुरा पनि बेला बखत सुनिन्छ । त्यो चाहिँ अलि दुःखद् कुरा हो । कलालार्इ अझै राम्रोसँग बुझ्न र चिन्न सकिरहेको छैनन् जस्तो लाग्छ ।

प्रायः जसो कलाकार तथा मोडलहरुले हाट फोटो सुट गरिएको देखिन्छ भने अभिनय पनि हाट नै गरिरहेको हुन्छ,  के त्यस्तो सुट र अभिनय जरुरत नै पर्छ र ?

कलाकार तथा मोडल केही हदसम्म हट नै हुनुपर्छ ।  यो पनि एउटा कलाकारको कला हो किनभने दर्शकलाइ आकर्षक गर्न हट  अलिअलि हट हुनु पनि पर्छ नि हा हा …।  कहिले काहीँ त्यो पनि जरुरत पर्छ । तर बजार र दर्शकले स्वीकार नै नसक्ने गरी आवश्यकता भन्दा धेरै माथि चाहिँ जानु हुन्न भन्ने हो । यसको पनि कलाकार कतिसम्म हट हुने भन्ने एउटा सीमा हुन्छ नि ।

यो क्षेत्रमा आउन चाहने नयाँ कलाकारको लागि तपाईको सुझाव के छ ?

यो क्षेत्रमा आउने नयाँ कलाकार मित्रहरूले  कला र गलाको भारी  बोकेर आउनुहोला । रहर लाग्यो भन्दैमा राम्रोसँग नबुझी, नसिकी हाम फाल्नु पनि राम्रो होइन । त्यसैले बुझेर, सिकेर मात्र यो क्षेत्रमा लाग्दा राम्रो होला । कतिपय कलाकार मित्रहरु अरुको प्रलोभनमा परेर, बिना कला र खोज अनुसन्धानविना यो क्षेत्रमा लागेर फासेको वा दुःख पाएका धेरै छन् । अझ कलाकार बन्न आफैले लगानी गरेको पनि देखिन्छ । त्यो राम्रो पक्ष होइन ।  कलाकारिता क्षेत्रमा के कस्तो हो ? यसमा निरन्तर रुपमा लाग्न सकिन्छ कि सकिन्न ? यी सबै कुरामा पहिला राम्रोसँग सोच विचार र बुझेर प्रवेश गरेमा धेरै राम्रो हुन्छ भन्न चाहन्छु ।

यति राम्री हुनुहुन्छ, ब्वाइफ्रेन्ट त हुनुहुन्छ होलानी ?

हा हा …. । ब्वाइफ्रेन्ट त अब बनाउने सोचमा चाहिँ छु ।

अन्त्यमा केही भन्नु छ कि ?

कलाकारिता क्षेत्रमा रहेका नारी कलाकारहरुलाई हेर्ने दृष्ट्रिकोण परिवर्तन गर्न अनुरोध गर्दै माहिला कलाकारलाई पनि पुरुष कलाकारलाई जस्तै व्यवहार र सम्मान गर्नु होला भन्न चहान्छु । कुरा जत्ती लामो गरेपनी त्यस्तै हो कहिले सकिदैन । अन्तमा मेरो विचारहरुलाई राख्ने अवसर दिनु भएको धन्यवाद । यो समाचार हरेक बिहीबार काभ्रेबाट प्रकाशित हुने डाँडापारि सन्देश साप्ताहिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ११:३५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,