Breaking News

मोदीको नेपाल भ्रमण ओलीलाइ मीठो तर जनतालाई तितो

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १८:०६

प्रधानमन्त्री केपी ओली शर्मा प्रधानमन्त्रीमा निर्वाचित भए पश्चात मित्र राष्ट्र भारतको निम्तो स्वीकार गर्दै केही महिना अगाडि भारत भ्रमण पुगेको थियो । जहाँ प्रधानमन्त्री ओलीले भारतको चर्चित व्यक्तित्व र चर्चित स्थानहरुको भ्रमण सम्पन्न गरेका थिए। त्यति मात्र हैन भारतीय सरकारले नेपाली प्रधानमन्त्री केपी शर्मा वलीलाइ मानार्थ विद्यावारिधीको उपाधी समेत दिएर सम्मान गरियो । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री आफ्नै सानमा मख्ख थियो । किन कि उहाँ त नेपाल राष्ट्रको प्रमुख व्यक्ति न थिए । उहाँलाई थाहा नै थियो नेपालमाथी भारतले पटकपटक गरि रहेको कालो हस्तक्षेपहरु तै पनि नदेखे झै गर्न थाल्यो । नालापानी, सुस्ता, गडुवालको दर्दनाक पीडा, दसगजाको रोइ रहेको पिलरहरुको चीत्कार समेतको वास्ता भएन । राती निदाउदा नेपाली नै भू भाग बिहान आँखा खोल्दा भारत भै सकेको जन गुनासोको त कुरै छाडौ । अब बर्खामास शुरु हुँदैछ तराई बासीको आखाबाट निद हराउदै छ किन कि सप्तकोशीमा पानीको बहाव सङ्गै मेरो तराइ डुब्नेछ । लाखौको धनजन र मानवीय क्षती बेहोर्नु पर्छ । प्रत्येक साल यी दुखद घट्नाक्रम हेर्नै पर्छ र हेर्न बाध्य हुनेछौ । यदि सरकारले अहिलेकै जसरी बेवास्त गर्दै गयो र समयमा त्यसतर्फ ध्यान दिएन भने । यसको मूल कारण भनेको नेपालमा रहेका नेतृत्वपङ्तीमा रहेको विभेद नै समस्या हो । भारतको ज्यादतीविरुद्ध बोल्न नसक्नु अनि सधै शिर झुक्ने परम्परागत प्रवृत्ति हो ।

भारतले गरेको त्यो कालो नाकाबन्दीको इतिहास साल फेरिए पनि कहाँ भूल्न सकेको छौ र । धेरै राष्ट्रले प्रश्न गरेको थियो नेपालमाथी जुन कुनियतले त्यो कदम चालेको थियो के सही थियो ? भारत चुपचाप थियो । अन्य मित्र राष्ट्रहरुले सहजीकरणको भूमिका निभाइ रहदा भारतले नेपालको बारेमा अलिकति पनि सोचविचार गरेन । एक मित्र राष्ट्रको नाताले सु दृष्टि लगाएन । तर नेपालमा भने प्रत्येक चोटि फेरिएको प्रधानमन्त्री जो सुकै जुन सुकै पार्टीको भए पनि भारत सामू लम्पसार हुन पुगेको जिउदो इतिहास साक्षी छ । मित्र राष्ट्रको निम्तो स्वीकार गरेर जानू बेठीक पनि त हैन तर त्यो राष्ट्रमा पुगेर नेपालको बारेमा के कति वकालत गर्यो त्यो कुरा भने प्रमुख पाटो रहन्छ । नेपालमा जो सुकै प्रधानमन्त्री भए पनि डाढ नै भाच्ने गरि झुकेर आउदाको तितो सत्य यथार्थ नेपालीको माझ घाम झै छर्लङ्ग छ ।

अब लागौ अहिलेको जल्दाबल्दा प्रसङ्गतिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै नेपालको भ्रमण सकाएर फर्कियो । आफ्नो राष्ट्रमा मित्र राष्ट्रबाट आएको पाहुनाको स्वागत सत्कार गर्नु स्वभाविकै हो र स्वागत सत्कारमा कुनै कमी गर्यो भन्ने पनि लाग्दैन । जनकपुर पुगेर मोदीले एउटा आश देखायो अनि मुक्तिनाथ पुगेर फेरि अर्को सहयोगको आश देखायो त्यति बेला नेपालको प्रधानमन्त्रीले गोरुबाट आश गर्यो तर कुनै भरोसा छैन भन्ने कुराको हेक्का समेत राखिएन । जुम्ल्याहा शैलीमा अघिपछि उडि रह्यो र गुडि रह्यो । जहाजमा उडी रहेको ओलीलाइ के थाहा आफ्नै देशका नागरिकले कति सास्ती खेपी रहेको छ भन्ने । बिहानै देखि काठमाडौ रिङ रोडमा पैताला यात्रु समेत हिड्न दिएन । आफ्नै देशको नागरिकको लागि मन्दिर भित्र फोटो खिच्न मनाही छ भनेर राखिएको सूचना बोर्डहरु पनि मोदीको भ्रमण र भारतीय सञ्चार माध्यमहरु सामु मौन रह्यो । जसको कारण मोदीलाइ मन्दिर भित्र फोटो खिच्न अनुमती पाइयो ।

वर्तमान प्रधानमन्त्री केपी वली ज्यू तपाईंको नागरिक भन्दा ठुलो मोदी भइयो हैन ? सडकमा मागेर दिनचर्या गरिरहेका निरीह नागरिकलाई सडकबाट हटाउन लगाइयो । आफनै सीमा रक्षा गर्नको लागि खटाउन नसक्ने बर्दीवाला हतियारधारीहरुलाई सर्वसाधारण र पैदल यात्रीहरुलाइ कडा आदेश दिएर पुग्नु पर्ने निश्चित गन्तव्य स्थानमा पुग्न सास्ती बनायो । सर्वसाधारण अर्थात जनता छिर्न नपाउने संसदीय भवन र राष्ट्रिय सभा गृहमा मोदीले झुट आश्वासन दिई रहदा गमक्क फुल्लियौ हैन त ? पत्रकार राष्ट्रको चौथो अंग हो भनेर तिम्रो खोक्रो भाषाण कसरी पत्याउ जहाँ भारतीय प्रधानमन्त्री मोदी आउँदा रिपोर्टिङको लागि समेत छिर्न दिएनौ तपाइको बर्दीधारी सिपाहीहरुले । सक्छौ यी बर्दीधारीलाइ सिमाना रक्षाको निम्ति खटाउ हैन भने नगारिक माथी दमन बन्द गर्न नलगाउ ।

देश विकास चाहियो भने रात रात हुँदा रहेछ नि । यसको ज्वलन्त उदाहरण हो खाल्डाखुल्डी पुरेर सम्म पार्नु, जनकपुरलाई नव बेहुलीलाई झै सिंगार गर्न सकिनु, अरु बेला नाक छोपेर हिड्नु पर्ने फोहोरको डङ्गुर सर्लक्क सफा बनाउनु र गृष्मको खडेरीमा पनि शरद आभास दिलाउनु आदि इत्यादि । के नेपालमा विकास हुनको लागि मोदीहरुको राजकीय भ्रमण गर्न नेपाल आउनै पर्छ ? अरुण तेस्रो परियोजना भारतकै हातमा सुम्पिनै पर्छ ? सुन्दै छु, अरु अरु नि आत्माघाती सम्झौता गर्दै छ रे । तपाईलाई के था मोदीको नेपाल भ्रमण तपाईलाई मीठो र राम्रो लागे पनि जनतालाई तितो भएको सत्य यथार्थ । यदि तपाई इतिहासकै सक्षम प्रधानमन्त्री बन्ने हो भने भारतीय ज्यादती विरुद्ध बोलेर देखाउनु र सीमा सुरक्षा गरेर देखाउ हैन भने खोक्रो राष्ट्रवाद बन्द गर । मोदीसङ्ग मस्ती गरेर जनतालाई सास्ती नदेउ ।

 

रचना मोक्तान ‘‘यात्री’’
काभ्रे

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १८:०६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,