Breaking News

प्यारो भाई सुरेश (Suresh Timalsina)
म कुन नामले सम्बोधन गरु मसंग शब्दै छैन।यो देशकै होनहार कान्छा पत्रकार जसको कामको प्रशंसा गरेरै साध्य छैन ।सानो उमेरमै पत्रकारिता क्षेत्रमा लागेर आफ्ना तर्कपुर्ण समयसान्दर्भिक सन्देशहरुबाट जनताको मन लोभ्याउन सफल पत्रकारको रुपमा सबैको सामु चिनिएका छौ ।आशा छ एकदिन तिमी पनि रबि सर जस्तै सफल पत्रकारको रुपमा बिश्वभर चिनिनेछौ।सत्यको पक्षमा आवाज उठाएर विकृति बिरुद्द बोल्ने तिम्रो आवाज सबै सामु पुगिरहेकै छ। बच्चैदेखि समाजसेवाको क्षेत्रमा कदम चालेका छौ तिम्रो पाइलाले छिट्टै शिखर चुमोस ।गाउ ,शहर,देश ,बिदेश सबैका आवाजलाई उजागर गर्दै सबै जनताको एउटै आवाज बनेर बलात्कार,हत्या,हिंसा जस्ता जघन्य अपराधका बिरुद्ध बोलेर सबैको विचार सकारात्मक बनाएर सिंगो मुलुकको सोच बदल्ने तिम्रो प्रयास सबै नेपालीको गौरब बनेर मुस्कुराइरहेको छ।
भर्खर फक्रिदै गरेको फुल हौ तिमी कहिल्यै नओइलिने अजम्बरी फुल बनेर फुलिरहनु।भर्खर जल्दै गरेको दियो हौ तिमी कहिल्यै ननिभ्नु।तिमीलाई प्रोत्साहन दिएर तेल हामी थपिरहन्छौ तिमी बलिरहनु।आफ्ना गहकिला आवाजहरुले देशका भरौटे नेताको खिया लागेको सोचलाई सफा गरिदिनु।तिमी जस्तै विर सपुतको खाचो छ हाम्रो देशमा ।तिमी हुने बिरुवाको चिल्लो पात बनेर बढिरहनु तिम्रो साथमा करोडौ जनता हागा बनेर अगाडी बढिरहने छन।तिम्रो सत्यको पक्षमा उठेको आवाजलाई मलाई पनि केही गर्ने उर्जा मिल्छ।भाई तिमी जस्तो पत्रकार त म बन्न सक्दिन तर तिम्रो आवाजको समर्थन गर्न पाउदा मात्रै पनि म आफुलाई भाग्यमानी सम्झिन्छु।प्रशंसा कति गरु तिम्रो कामको म जति बोलेपनि शब्द सकिदैन ।तिमी जति साना छौ त्यो भन्दा कैयौ गुणा ठुलो तिम्रो सोच छ।तिम्रो जस्तो सोच पाँच जनामात्र नेतामा भएको भए हाम्रो देश धेरै माथी पुगिसक्थ्यो।तिम्रा आवाजहरुलाई गम्भिर रुपमा लिएर देशका नेतृत्वकर्ताहरुले कदम चाल्ने भने कुनै नेपाली अन्यायमा पर्ने थिएनन।सधै यस्तै सोच लिएर अगाडी बढ्नु तिम्रो आवाजले देश बदल्ने सपना पुरा होस मेरो यही छ कामना।
-मिलन कार्की

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार २०:४१

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,