Breaking News

रामप्रसादराई गापामा एनआइसी एशिया बैंक

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ०७:५०

भोजपुर, १ जेठ । भोजपुरको स्थानीय तहमा एनआइसी एशिया बैंकले बैंकको शाखा विस्तार भएको छ ।

भोजपुरको रामप्रसादराई गाउँपालिकाको वैकुण्ठेमा शाखा विस्तार गरेकोले गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै सर्वसाधारणलाई घर आगनमै बित्तिय सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा प्रबन्धक चन्दन कटुवालले जानकारी दिनुभयो ।

स्थानीय तह निर्माणपश्चात् पहिलो पटक गाउँपालिकाको केन्द्रमा बैंक भित्रिएपछि यहाँका स्थानीय निकै हर्षित भएका छन् । नौ स्थानीय तह रहेको भोजपुरमा केही समयमा नै सबै क्षेत्रमा बैंक जाने बताइएको छ ।

बैंकले एक आर्थिक वर्षमा गाउँपालिकाको करीब रु २३ करोड बजेट कारोबार गर्नेछ । त्यसैगरी, बैंकले विभिन्न किसिमका खाता सञ्चालन, एटिएम कार्ड, मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ०७:५०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,