Breaking News

चैत ५, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जिरोनालाई ६–३ गोलले हराएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन रोनाल्डोले चार गोल गरेको थियो ।

१० औं मिनेटमा नै रोनाल्डोले गोलबाट रियलले अग्रता लिएको थियो । तर २९ औं मिनेटमा जिरोनाका स्तुएनीले गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याए ।

४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका रोनाल्डोले ६४ औं मिनेटमा फेरि गोल गर्दै ह्याट्रिक पूरा गरे । यो उनको खेल जीवनको ५० औं ह्याट्रिक हो ।

रोनाल्डोले खेलको इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै रियल मड्रिडलाई ६–३ को जित दिलाए ।

जितपछि रियल मड्रिड २९ खेलबाट ६० अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ११:२४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,