Breaking News

रोटरीको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, रोटरी क्लव अफ राजधानी पहिलो स्थानमा

हरिराम पौडेल प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार १७:०७

वौद्धिक प्रतियोगिताको रुपमा लिइने हाजिरी जवाफ प्रतियोगिता विभिन्न विद्यालय, कलेज र विभिन्न संघ संस्था स्तर तथा आफ्नो निकाय तथा संघसंस्था अन्तर आयोजना गर्ने गरिन्छ । विभिन्न समुह बनाउने र समुह समुहलाई विशेष गरी सामान्य ज्ञान प्रकृतिका प्रश्नहरु सोध्ने र सहि उत्तरको अपेक्षा गर्ने गरी हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने गर्दछ । यस्तो प्रतियोगिताले विद्यार्थी तथा सहभागीको वौद्धिक स्तर बढ्नुको साथै पढ्ने वानीको विकास गर्ने पनि विश्वास गरिन्छ ।

हाजिरी जवाफ प्रतियोगितामा निश्चित समूहमा निश्चित सहभागी व्याक्ति संख्या निर्धारण गरिन्छ । क्वीज मास्टरले प्रश्न सोध्ने गर्दछन् । पहिले प्रश्न सोधेको समुहले प्रश्नको सहि उत्तर दिएमा उक्त समुहलाई निश्चित अंक प्रदान गरिन्छ भने पहिलो समुहले सहि उत्तर दिन नसकेमा अन्य समुहहरूलाई पनि उक्त प्रश्न जान्छ । अन्ततः प्रतियोगितामा सहभागी कुनै पनि समुहले सोधिएको प्रश्नको सहि जवाफ नदिएमा प्रश्न एक पटक दर्शकहरू समक्ष पनि राखिन्छ र दर्शकहरूले पनि नजाने अन्तिममा क्वीज मास्टरले नै सहि उत्तर दिने गर्दछन् ।
विद्यालय, कलेज तथा अन्य विभिन्न निकायमा लोकप्रिय रहेको हाजिरी जवाफ प्रतियोगिता रोटरीमा पनि प्रचलित रहेको छ ।

नेपाल लगायत विभिन्न मुलुकमा रोटरी क्लवहरुमा विभिन्न क्लवको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता संचालन हुने गरेको छ । नेपालमा पनि रोटा क्विजको रुपमा संचालन हुने रोटरी भित्रको हाजिरी जवाफ प्रतियोगितामा रोटरी डिस्ट्रिक ३२९२ अन्तर्गतका विभिन्न क्षेत्रीय रोटरी क्लवहरुले सहभागिता जनाउने गर्दछन् र क्षेत्रीय स्तर हुदै फाइनल सम्म पुग्दछन् । रोटरीले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा विभिन्न रोटरी क्लवका सदस्यहरुले मात्र भाग लिन पाउछन् ।

रोटरी डिस्ट्रिक ३२९२ द्धारा अयोजित पहिलो चरणको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लव अफ राजधानी, रोटरी क्लव अफ न्युरोड सिटी र रोटरी क्लव अफ गोंगवु विच भएको प्रतियोगितामा रोटरी क्लव अफ राजधानीले १७५ अंक ल्याई प्रथम भएको छ भने रोटरी क्लव अफ न्युरोड सिटीले ७० र रोटरी क्लव अफ गोंगवुले २५ अंक प्राप्त गरेका थिए । रोटरी क्लव अफ राजधानीको तर्फबाट क्लवका प्रिसिडेन्ट अमित गिरीको नेतृत्वमा सचिव निश्चल बहादुर श्रेष्ठ र सदस्य आदिति खनालको सहभागिता रहेको थियो । रोटरी क्लव अफ राजधानीको व्यवस्थापनमा क्लवको ७९० औं नियमित साप्ताहिक बैठक पश्चात आयोजित उक्त प्रतियोगिता रोटरी डिस्ट्रिक ३२९२ का रोटा क्विज कमिटीका प्रमुख मनिष घिरैयाले संचालन गरेका थिए ।

रोटरी क्लव अफ राजधानीले सानदार विजय हासिल गरेकोमा क्लवका सदस्यहरुले खुशी व्यक्त गर्नुको साथै टिमको कडा मेहनतको प्रशंसा गर्दै आगामी चरणहरुमा पनि क्लवले यस्तै सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार १७:०७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,