Breaking News

रोटरी क्लव अफ राजधानीद्धारा पावर प्वाइन्ट प्रोजेक्टर हस्तान्तरण

हरिराम पौडेल प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १७:५८

रोटरी क्लव अफ राजधानीले सुन्दरीजलको ओख्रेनी मा. वि. लाई पावर प्वाइन्ट प्रोजेक्टर हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ राजधानी, सामुदायिक सेवाका अध्यक्ष रोटरियन कुमार गौतम, पूर्व अध्यक्ष रोटरियन प्रताप सिंह तातर, प्रदिप श्रेष्ठ सहितको उपस्थितिमा रोटरी क्लव अफ राजधानी, सामुदायिक सेवाका अध्यक्ष राजु मानन्धरको उपस्थिति रहेको उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।


क्लवले विद्यालयका प्रिन्सिपल श्रीराम सिंखडालाई रोटरीको चार सुत्रे कसी र रोटरीका उद्देश्यहरु प्रदान गरेको थियो । उक्त सामाग्री विद्यालयको कार्यालयको भित्तामा सजाइने प्रधानाध्याक सिंखडाले बताए ।


उक्त अवसरमा अन्वेषण तथा भूर्गभ सोसाइटीका सदस्यद्धय प्रकाश बडाल र सुसानले विद्यार्थीहरुलाई भुकम्प र यसको जोखिमको बारेमा प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणमा ७० जना विद्यार्थी तथा ८ जना शिक्षकले भाग लिएका थिए ।


ओख्रेनी मा. वि. रोटरी क्लव अफ राजधानीले संरक्षण दिएको विद्यालय हो । केहि समय अगाडी मात्र क्लवले यसै विद्यालय हाता भित्र लप्सी लगायत १०० वटा विभिन्न फलफूलका विरुवा पनि रोपिएको थियो ।

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १७:५८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,