Breaking News

रोनाल्डोले दिए फिटनेसका १० टिप्स, जुन यस्तो छन्

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १६:५५

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सफल फुटबलर हुन् । पाँच पटक फिफा वर्ष खेलाडी भएका उनी ३३ वर्षका भइसके । तैपनि, स्वस्थ जीवनशैली अपनाउने भएकै कारण बढ्दो उमेरमा पनि उनको खेलस्तर अझै उस्तै छ । हाल इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेल्ने उनी हार्ड वर्किङ प्लेयर मानिन्छन् । फिटनेसमा ध्यान दिने उनले फुटबलमा करिअर बनाउन चाहनेलाई सफलताका १० टिप्स दिएका छन् :

१. सधैँँ फिट हुनका लागि शरीर मात्र स्वस्थ भएर हुँदैन, दिमाग पनि उत्तिकै स्वस्थ हुन जरुरी छ । तसर्थ, यी दुवैको स्वास्थ्यमा उत्तिकै ध्यान दिनुहोस् ।

२. अनुशासित हुनुहोस् । आफूले आफैँलाई सधैँ उत्प्रेरणा जगाउनुहोस् । आफ्नो तालिकालाई टाइट गर्नुहोस् ।

३. आफू के बन्ने र के गर्ने भन्ने स्पष्ट उद्देश्य राख्नुहोस् । यसले तपाईंलाई काममा फोकस गराउँछ । हार्डवर्क गर्न प्रेरित गर्छ ।

४. आफ्नै सहकर्मीसँग पनि प्रतिस्पर्धाको भावना राख्नुहोस् । प्रतिस्पर्धी भए पनि सहयोग गर्नुहोस् र लिनुहोस् पनि ।

५. पूरै निद्रा पुग्ने गरी सुत्नुहोस् । खेलका दौरान म चाँडै सुत्छु र चाँडै उठ्छु । आरामले मांसपेशी रिकभर हुन पनि मद्दत गर्छ ।

६. कार्डियो (दौड र नौकाविहार) सेसनले तपाईंको धैर्यसँगै स्टामिना बढाउनसमेत मद्दत गर्छ । ट्रेनिङका दौरान कम्तीमा ३० मिनेटजति जगिङ गर्नुहोस् । यसले तपाईंलाई थप बलियो बनाउँछ र खेल कौशल पनि बढ्छ ।

७. खेलमा राम्रो गर्न पोषणयुक्त खानेकुराको पनि उत्तिकै जरुरी पर्छ । तसर्थ, उच्च मात्रामा प्रोटिन भएका खानेकुरा नियमित खानुहोस् । सीमित मात्रामा कार्बोहाइड्रेट भएको खाना पनि खानुहोस् । तर, फलफूल, हरिया सागसब्जी प्रशस्त खानुहोस् । सुगरफ्री खानामा जोड दिनुहोस् ।

८. स्वस्थ हुनका लागि तपाईंको शरीरमा पानीको मात्रा ठीक हुन आवश्यक छ । यसका लागि प्रशस्त मात्रामा पानी पिउनुहोस् । झोलयुक्त अन्य पदार्थ पनि खानुहोस् ।

९. मुड फ्रेस हुनका लागि संगीत सुन्न आवश्यक छ । म सधैँ संगीत सुन्छु । संगीतले तनावका बीच पनि अर्कै संसारमा पुर्‍याउँछ । राम्रा गीत सुन्दा राम्रो खेल्ने उत्पे्ररणासमेत जाग्छ ।

१०. सफलताका लागि हार्डवर्कसँगै आराम गर्न पनि उत्तिकै आवश्यक छ । शारीरिक अभ्यासका दौरान त यो झनै आवश्यक छ । फुटबलबाहिरको दुनियाँमा पनि जानुहोस् कहिलेकाहीँ । यसले तपाईंलाई सधैँ सकारात्मक  ऊर्जा दिन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १६:५५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,