Breaking News

लन्डनमा समातिए अन्डरवर्ल्ड डन दाउदका लेखापाल मोती

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १५:२१

भदौ ३, काठमाडौं । अन्डरवर्ल्ड डन दाउद इब्राहिमको डी–कम्पनीको आर्थिक कारोबार सम्हाल्दै आएका पाकिस्तानी नागरिक जबिर मोती पक्राउ परेका छन् ।  लण्डनस्थित हिल्टन होटलबाट उनलाई ब्रिटेन सुरक्षा एजेन्टीले पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

मोती पक्राउ परेसँगै डि–कम्पनीको आर्थिक लेनदेन र दाउदसँग जोडिएका कयौं जानकारीहरु पाउन सकिने विश्वास प्रहरीले लिएको जनाइएको छ ।

मोती १० वर्षे भिषामा ब्रिटेन पुगेका थिए । दाउद पत्नी महजबिन, छोरी महरिन र ज्वाईँ जुनैदबीच वित्तिय लेनदेनको जाँचपछि उनलाई हिरासदमा लिइएको समाचारहरुमा जनाइएको छ ।

जुनैद पूर्व पाकिस्तानी क्रिकेटर जावेद मियाँदादका छोरा हुन् । मोतीले पाकिस्तान, मिडल इस्ट, यूके, यूरोप, अफ्रिकसहित दक्षिण पूर्वी एसियाका देशहरुमा दाउदको आर्थिक कारोबार हेर्ने गरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १५:२१

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,