Breaking News

लिफ्टिङ प्रविधिले हटाईदियो तार्केन्टारबासीको खानेपानीको दुःख

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १३:२१

मण्डन देउपुर, काभ्रे / बषैँदेखि खानेपानीको दुःख झैल्दै आएका काभ्रेको मण्डन देउपुर नगरपालिका वडानं.–११ स्थित तार्केन्टारका बासिन्दाहरु आफुहरुले नसोचेको काम सफल भएपछि निकै खुशी छन् । करीब १०० मिटर तलको पानी गाउँमा आउला भनेर कल्पनासमेत नगरेका तार्केन्टारबासीले सोलार (सौर्य ऊर्जा) लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी आउन थालेपछि अहिले यहाँका बासिन्दा दंग मात्र छैनन्, उनीहरुको दैनिकीसमेत फेरिएको छ ।
यो सौर्य ऊर्जाको प्रविधि जोड्नु पहिले परिवारको एक जनाले त दिनभर पानी बोक्नै काम मात्रै हुदाँ अर्काे कुनै काम गर्न पाउँदैन थिए, तर अहिले त्यो बषौँदेखिको समस्या समाधान भएको स्थानीयहरु बताउँछन् । गाउँका सबैको घरमा पानी उपलब्ध भएपछि दैनिक रुपमा विहान सबेरै उठेर पानी  लिन खोला धाउनुपर्ने र एक घण्टाको उकालोमा पानी बोकेर ल्याउनु पर्ने उनीहरुको बाध्यता हेटेका छन् भने पिउन, धरधन्दा तथा नुहाइधुवाइसंगै ट्याङ्कीबाट ओभर फ्लो भएको पानीबाट घरबारीमा तरकारी उब्जनी गर्न मद्दत पुगेको छ ।
तार्केन्टार गाउँको खानेपानी व्यवस्थापनको लागि नगरपालिका कार्यालयबाट ५ लाख, सोलार कार्यक्रमबाट ५ लाख १५ हजार, रिमरेकबाट १ लाख ४४ हजार सहयोग र समुदायको २ लाख ६४ हजार जनश्रमदान तथा ६० हजार नगदबाट निर्माण सम्पन्न भएको हो । खानेपानी गाउँमा आएपछि समुदायले १५ रोपनी जमीनमा थोपा सिँचाइ प्रविधि प्रयोग गरी तरकारी खेती पनि गर्न मिल्ने भएको छ । खानेपानी योजनाको मर्मत सम्भारका लागि प्रतियुनिट रु. १५ का दरले कोष जम्मा गर्ने नीति बनाइएको जनाएको छ ।
‘सौर्य ऊर्जाले विकट गाउँमा खानेपानीको व्यवस्थापन सम्भव भयो, अब यस्तो प्रविधि अन्य गाउँमा पनि विस्तार गरी जनताले दैनिक रुपमा बोक्नु पर्ने खानेपानीको समास्यको अन्त्य गर्ने आफ्नो योजना रहेको नगरपालिकाको मेयर टाक बहादुर बाईबाले बताउनुभयो । त्यसैगरी स्थानीय ६४ वर्षीया माइला तामाङले लिफ्टिङ प्रविधिले दिनभर उकालोमा पानी बोक्नुपर्ने बाध्यता हटेसंगै आफ्नै घरमा पानी आउँदा एक पटक त सपना जस्तै लागेको बताए । आफु बुढा भइसक्दा पनि गाउँमा यसरी पानी देख्न पाइएला भनेर कहिल्यै नसोचेको बताउँदै अहिले आफु मर्नु अघि नै गाउँमा यो प्रविधिको विकास देख्न पाउँदा निकै खुशी लागेको उनले भने । उहाँले घरमा प्रयोग गरिएको पानी र ट्याङ्कीबाट बढी भएको पानीले तरकारीमा लगाई स्वच्छ तरकारी खेती गर्न सकिने सजिलो भएको बताउनुभयो ।
शुरुमा स्थानीयबासीले गाउँभन्दा मुनिको पानी माथि ल्याउन कुरा कल्पनासमेत गर्न सकेका थिएनन्, यो असम्भव भएको भन्दै विश्वास नलिएपछि स्नाथीयलाई प्रविधिबारे जानकारी  अन्य ठाउँमा गरेको अनुभव सुनाएपछि मात्र विश्वास गरेको सोलार मुसका इञ्जिनियर कुष्ण अधिकारीले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १३:२१

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,