Breaking News

लियोनविरुद्ध एम्बाप्पे चम्केपछि पीएसजीको जित

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ११:५३

असोज २२, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लियोनलाई ५–० गोलको भारी अन्तरले पराजित गरेको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा लियोनमाथि पीएसजीले शानदार जित हात पा¥यो । पीएसजीको जितमा किलियन एम्बाप्पे चम्किए । उनले ह्याट्रिक सहित ४ गोल गरे । त्यस्तै, एक गोल भने नेयमारको नाममा रह्यो ।

पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा ४ गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा नै नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

किम्पेम्बेले ३२ औ मिनेटमा रातो कार्ड मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो । यता, टोसेटले पहिलो हाफको अन्तिम समयमा डबल पहेँलो कार्ड खादै रातो कार्ड पाएपछि लियोन पनि १० खेलाडीमा समेटिएको थियो ।

एम्बाप्पेले १३ मिनेटभित्र ४ गोल गर्न सफल भए । चमात्कारिपूर्ण प्रदर्शन गरेका एम्बाप्पेले खेलको ६१औ मिनेटमा गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि अर्थात खेलको ६६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई तेब्बर अग्रता दिलाए ।

खेलको ६९औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि खेलको ७४ औ मिनेटमा गोल गर्दै एम्बाप्पेले चार गोल गर्दै पीएसजीलाई ५–० गोलको जित दिलाएका हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ११:५३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,