Breaking News

लिस्नर्स क्लव नेपालद्धारा तीन नारी स्रष्टा सम्मानित

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १३:४०

लिस्नर्स क्लव नेपालले हरितालिका तीजको अवसरमा स्रष्टा सम्मान विशेष समारोह सफलतापूर्वक सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष श्री हरिराम पौडेलको सभापतित्व तथा वरिष्ठ कथाकार माया ठकुरीका प्रमुख आतिथ्यता वरिष्ठ नियात्राकार÷निवन्धकार श्री युवराज नयाँघरे, लिस्नर्स क्लव नेपाल कि संरक्षक रोजु अधिकारी, पूर्व अध्यक्ष ओम प्रकाश सुवेदी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, सामाजिक क्रिया संजाल नेपाल कि अध्यक्ष मैया बज्राचार्य, मिसेस नेपाल एलिगेन्स २०१८ कल्पना आचार्य, यातयात व्यवसायी महासंघ कि उपाध्यक्ष पुष्पा श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिभन्न क्षेत्रमा बिशेष योगदान पु¥याउनुभएका तीन जना महिलालाई सम्मान गरेको छ । बानेश्वरको इन्द्रेणी व्याकंकेटमा आयोजित उक्त कार्यक्रममा नेपाली पत्रकारिताको क्षेत्र मार्फत देश र समाज परिवर्तनका लागि योगदान पु¥याउदै आउनुभएकी नवानारी मासिक कि सम्पादक तथा गीतकार जानुका ढकाल, नेपाली सांगीतिक आकाशमा आँफुलाई लोकप्रिय बनाउनु भएकी बरिष्ठ गायिका कुन्ती मोक्तान, साहित्यमा कलम चलाउदै आउनु भएकी साहित्यकार लाक्पा फुटी शेर्पा लाई सम्मान गरिएको छ । सम्मानित हुने तिनै जना व्याक्तित्वहरुलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार माया ठकुरीद्धारा दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा लिस्नर्स क्लवका अध्यक्ष हरिराम पौडेलले विशिष्ट नारीरत्नहरुलाई सम्मानित गर्न पाउनु संस्थाको लागि गर्वको कुरा रहेको बताए ।


उक्त कार्यक्रममा लिस्नर्स क्लव नेपालका संरक्षक तथा बरिष्ठ नियात्राकार÷ निवन्धकार श्री युवाराज नयाँघरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष श्री राधेश्याम लेकाली, बरिष्ठ कथाकार माया ठकुरी, सम्मानित नारी श्रष्टाहरु जानकाु ढकाल, कुन्ती मोक्तान, लाक्पाफुटी शेर्पाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक ओम प्रकाश सुवेदीले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रम संचारकर्मी तथा गायिका निरा रानाभाटले सञ्चालन गर्नुभएको थियो । क्लबले तीजका अवसरमा सबै दिदी बहिनीहरुलाई नाचगान सहित जलपानको आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाली साहित्य तथा गीति क्षेत्रका चर्चित व्यक्तित्वहरु राजु सिंह, विनोद पछाई, आनन्दरत्न बज्राचार्य, रविन्द्र आशिश शैली, पुष्प, धमला, भुवन सिवाकोटी, सोनी राजभण्डारी, राष्ट्रिय नृत्यंगना आराध्यलक्ष्मी खड्गी, समाजसेवी राज्यलक्ष्मी बज्राचार्य, राज्यलक्ष्मी शाक्य, दुर्गा प्रधान तथा क्लवका आजीवन सदस्य, साधारण सदस्य, सामाजिक क्रिया सञ्जाल नेपालका पदाधिकारीहरु तथा शुभचिन्तकहरुको वाक्लो उपस्थिति रहेको थियो

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १३:४०

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,