Breaking News

ल्होछारमा गाउँपालिकाले ३ दिन बिदा दिने

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १२:१०

काभ्रे । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारमा रोशी र तेमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आगामी माघ २२ गते परको ल्होछारलाई लक्षित गरी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को नयाँ वा फेरिनु भएकाले तामाङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘सोनाम ल्होसार’ मनाउने गरिन्छ ।  माघ २२ गतेपछि ‘खि ल्हो’ सकेर ‘फक् ल्हो’ शुरु हुन्छ । उक्त दिनलाई तामाङ समुदायले हार्साे उल्लासका साथ ल्होछार मान्ने गछर्न् ।

संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको आधारमा तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व सोनाम ल्होसारलाई उत्सवका रुपमा मनाउन गाउँपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिएको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले जानकारी दिए ।

अध्यक्ष लामाको अनुसार तामाङ जातिको बाहुल्यता रहेको रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।

त्यसैगरी तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले गाउँपालिकामा ८३ प्रतिशत तामाङ समुदायको बसोबास रहेको र तामाङ समुदायले सोनम ल्होसारलाई आफ्नो मुख्य सांस्कृतिक पर्वको रुपमा मनाउने भएकाले उक्त दिन बिदा दिइएको जानकारी दिए ।

तामाङ समुदाय तथा संघ–संस्थाले ल्होछारमा ५ दिनको विदा माग गर्दै आइरहेको आवस्थामा नेपाल सरकारले भने यसै वर्षदेखि विभिन्न ल्होसार पर्वको बिदा कटौती गरेको थियो । तामाङ जातिको बसोबास रहेका देश तथा विदेशका विभिन्न ठाउँमा पनि ल्होसारलाई भव्यताका साथ मान्ने गरिन्छ ।

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १२:१०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,