Breaking News

विश्वकपपछि मेसीले सन्यास लिने

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार ११:२१

काठमाडौँ । अर्जेन्टिनी कप्तान लियोनल मेसीले पुनः एकपटक सन्न्यासको कुरा उठाएका छन् । उनले यसपटक भने आफूले साँच्चिकै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने बताएका छन् । उनले विश्वकपमा जस्तो नतिजा आए पनि सन्न्यास लिन नरोकिने स्पष्ट पारे । ‘मेरो निर्णय विश्वकपपछि नै आउनेछ, तर विश्वकपमा कस्तो किसिमको प्रदर्शन हुन्छ, त्यसमा मेरो फुटबलको फैसला हुनेछ,’ मस्कोमा विश्वकपका लागि अभ्यास गरिरहेका मेसीले भने ।

फाइनल नबिर्सिने
पछिल्ला ४ वर्षमा अर्जेन्टिना तीन ठूला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । अर्जेन्टिनाले कुनै एकमा पनि जित निकाल्न सकेन । लगातार तीन फाइनल गुमाएपछि विक्षिप्त बनेका मेसीले एकपटक सन्न्यासको घोषणा पनि गरे ।

तर, अर्जेन्टिनी राष्ट्रपतिदेखि समर्थकसम्मको दबाबमा मेसी सन्न्यास फिर्ता लिन बाध्य भए । मेसीले जीवनमा तीन फाइनल गुमाएको क्षण कहिले नबिर्सिने बताएका छन् । ‘मेरो जीवनमा ती तीन फाइनल विशेष थिए, ती फाइनल खेल म चाहेर पनि बिर्सिन सक्दिनँ,’ विश्वकप र कोपा अमेरिकाको फाइनल गुमाएको क्षण सम्झँदै मेसीले भने, ‘पछिल्ला ५ वर्ष राष्ट्रिय टोलीमा खुसी हुन सकिनँ ।’

फाइनल पुग्न सहज छैन
लगातार तीन फाइनल खेल्नु खेलाडीका लागि ऐतिहासिक सफलता भएको मेसी मान्छन् । यस्तो सफलता सीमित खेलाडीले मात्र पाउने गरेको उनको भनाइ छ । ‘हामीले लगातार तीन फाइनल खेल्यौँ,’ उनले भने, ‘यो सबै खेलाडीको एकरूप मिहिनेतका कारण सम्भव भएको हो ।’ मेसीले राष्ट्रिय टोलीबाट १२४ खेलमा ६४ गोल गरेका छन् । अर्जेन्टिना १९८६ पछि विश्वकप जित्ने अभियानमा रसिया पुगेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार ११:२१

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,