Breaking News

असोज २५, काठमाडौं / हरेक वर्षको अक्टोबर ११ तारिखका दिन मनाउने यो विश्व दृष्टि दिवस आज  ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔं’ भन्ने नाराका साथ मनाइँदै छ । यो दिवस उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनाको समस्या र समाधानको बारेमा जनचेतना फैलाउनका लागि मनाउने गरिन्छ ।

विश्वमा ३ करोड ६० लाख मानिस दृष्टिविहीन

अन्धोपना निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीका अनुसार विश्वभर ३ करोड ६० लाख मानिस दृष्टिविहीन छन् । २१ करोड ७० लाख मानिसमध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतियाबिन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

विश्वमा २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् ।  १ अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् ।

नेपालमा दृष्टिविहीन १ लाखभन्दा बढी

नेपालमा हाल १ लाख २० हजार मानिस दृष्टिविहीन रहेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।  यस्तै १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टिदोषको समस्या रहेको छ भने ११ लाख ५० हजार नेपाली अन्धोपना वा दृष्टिदोषबाट प्रभावित बनेका छन् । विश्वमा दृष्टिदोष भएकामध्ये ८९ प्रतिशत मानिस विकासोन्मुख देशमा बसोबास गर्दछन् ।

संसारमा ६६ प्रतिशत अन्धोपना उपचार गर्न सकिने खालका हुन्छन् भने १६ प्रतिशत अन्धोपना रोकथाम गर्न सकिने खालका हुन्छन् । उच्च तथा मध्यम न्यूनदृष्टि रहेकामध्ये ६० प्रतिशत महिलामा छन् ।

दृष्टिदोष, मोतियाबिन्दु र जलविन्दु न्यूनदृष्टिका मूख्य कारण हुन् । यस्तै दृष्टिविहीनताको मुख्य कारण मोतियाबिन्दु, जलविन्दु र आँखाको पर्दा हो । हरेक वर्ष नेपालमा अनुमानित ३० प्रतिशत मानिसलाई आँखा जाँच गराउनुपर्ने देखिन्छ ।  सन् २०१४ मा नेपालमा गरिएको पहिलो सर्भेमा ०.०६ प्रतिशत बालबालिकामा बाल अन्धोपना देखिन्छ ।

त्यसमध्ये ८० प्रतिशत बालबालिकाको  उपचार गरेर हटाउन सकिने अन्धोपना भेटिएको छ ।

नेपालमा ६५ प्रतिशत अन्धोपना मोतियाबिन्दुको कारण

सन् २०१२ मा भएको एक सर्वेक्षणले नेपालमा अन्धोपनाका मुख्य कारण मोतियाबिन्दु भएको पाइएको छ । नेपालमा अन्धोपना भएका मध्ये ६५ प्रतिशत मोतिविन्दुबाटै प्रभावित रहेको अध्ययनले देखाएको छ ।

यस्तै आँखाको पर्दाजन्य रोगका कारण १३ प्रतिशतमा अन्धोपना छ भने आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत रहेका छन् । यस्तै ५ प्रतिशतमा जलविन्दु, ४ प्रतिशतमा दृष्टिदोष र अन्य कारणले ७ प्रतिशतमा अन्धोपना रहेको छ।

यसरी गर्नुस् आँखाको सुरक्षा

आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षण हुन् । दृष्टिादोष जुनसुकै उमेरका व्यक्तिलाई हुनसक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जाँच गराउनुपर्छ ।

दृष्टिदोष हुनेले चस्मा प्रयोग गर्न सकिन्छ । हरेक ५ जना अन्धोपना भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ । त्यसैले नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरी अन्धोपना हुनबाट बच्न सकिन्छ ।

मधुमेह तथा उच्च रक्तचाप भएका सबैले आँखा जाँच गराउनुपर्छ । ४० वर्ष उमेर पुगेका सबैले आफ्नो आँखा जाँच गराउनुपर्छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपना निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरूको छाता संगठन अन्धोपना निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीको सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनालाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १३:०१

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,