Breaking News

अब शंखुबाटै नै सराङकोटको मज्जा लिन सक्ने

इकमान लामा ‘इमाला’ – शंखु, काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर १२ स्थित शंखुमा प्याराग्लाइडिङ परिक्षण गरिएको छ । बेथानचोक गाउँपालिका–६ मा रहेको सक्रिय समाज युवा क्लबले काभ्रेलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका साथ सञ्चालन गरेको प्याराग्लाइडिङ परिक्षण अभियानको क्रममा शंखुमा परिक्षण गरिएको हो ।

क्लबले काभ्रेमा पनि प्याराग्लाइडिङ सम्भावना छ भन्ने सोचेर कास्की पोखराको सराङकोटदेखि पाइलट (ग्लाइडर) सहितको टोलि क्लबको अध्यक्ष सैलेश वाइबाको अगुवाइमा काभ्रेमा ल्याएको हुन् । टोलीले आइतबार शंखुलाई केन्द्र बनाएर नमोबुद्धको आसपासमा प्याराग्लाइडिङ सम्भावित ठाँउ खोज्ने क्रममा धुलिखेल नपाको वडा नम्बर १२ स्थित पर्ने कुइकेलडाँडामा भेटिए । प्याराग्लाइडिङ उडान गर्न मिल्ने ठाँउ भेटेपछि परिक्षण अभियान टोलीमा रहेकामध्ये चार जना पाइलटहरु विशाल क्षेत्री, राजेश गिरी, सुनिल राउल र कुमार श्रेष्ठले क्रमश एकपछि अर्काे गर्दै पालैपालो उडान भरेका थिए । । उनीहरूले कुइकेलडाँडाबाट गरेको प्याराग्लाइडिङ उडान शंखुको शंखेश्वरी उमाविको प्राङ्गणमा सफल अवतरण गरिएका थिए ।

प्याराग्लाईडिङबाट धार्मिक तथा पर्यकीय स्थाल नमोबुद्धको अवलोकनसँगै त्यस क्षेत्रबाट देखिने हिमाल दृश्यलाई पनि आकाशमा उड्दै अवलोकन गर्न सकिन्छ ।

काभ्रे जिल्लालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले प्याराग्लाइडिङको सम्भावित ठाउँको खोजी गरिहेको सक्रिय समाज युवा क्लवका अध्यक्ष सैलेश लामाले बताए ।
लामाले शंखुमा प्याराग्लाइडिङको परिक्षण सफल भएको जनाकारी दिदै स्थायी रुपमा सञ्चालन गर्नको लागि स्थानीय जनता र सरकारी निकायसँग पनि छलफल भइरहेको बताए ।

त्यसैगरी क्लवका सचिव निर विक्रम लामाले शंखु क्षेत्रमा मात्रै नभई जिल्लाको शिखर, मेधाम्सु लगायतका सम्भावित क्षेत्र पनि प्याराग्लाइडिङ परिक्षण गरिने र सम्भाव भएको ठाउँमा प्याराग्लाईडिङ सञ्चालन गर्ने बताएको छ । नयाँ ठाउँमा आएर प्याराग्लाइडिङ गर्न पाउँदा आफुहरुलाई एकदमै रमाईलो लागेको बताउँदै पाइटलहरुले आफुहरुको लागि यो एक अविष्मरण्ीय क्षण भएको बताए ।

प्याराग्लाइडिङ परिक्षण अभियानमा पाइलट अशोक अधिकारी क्लवका पदाधिकारीहरु ज्ञानी माया तामाङ, तिर्थ लाल तामाङसँगै स्थानीय सनम लामा, संञ्जिता लामा लागयत सहभागी थिए । अभियानको नेतृत्व भने शेर बहादुर भुजेल गरिरहेको छ ।

जीवनमा पहिलो पटक प्रत्यक्ष रुपमा आफ्नै गाउँमा प्याराग्लाइडिङ आकाशमा उडिरहेको आफ्नै आँखा आगडि देख्दा अत्यन्तै खुशी लागेको शंखुको स्थानीय हेम कुमार वाईबा ‘धर्मेन्द्र’ ले समावेशी अनलाईनलाई बताए । उनी जस्तै शंखु र कुइकेलडाँडाबासी निकै खुशी छन् भने उनीहरुले छिट्टै प्याराग्लाइडिङ उडान औपचारिक रुपमा नै आओस् भन्ने इच्छासमेत व्यक्त गरेका छन् ।

प्याराग्लाइडरसहितको टोलिलाई वडा अध्यक्ष वाइबाद्धारा स्वागत

सक्रिय समाज युवा क्लवको पहलमा शंखुमा प्याराग्लाइडिङ परिक्षण सफल भएपछि धुलिखेल नपा–१२ को वडा अध्यक्ष हर्क बहादुर वाईबाले प्याराग्लाइडरसहितको टोलीलाई कार्यक्रम सफलताको शुभकामनासहित स्वागत गरेको हो । वडा अध्यक्ष वाईबाले ग्लाइडर, टिम म्यानेजर, आगुवाइ संस्थाका अध्यक्ष लगायतलाई खादा र अविरसँगै दुध खुवाएर स्वागत गरेको हुन् ।

टोलीलाई स्वागत गर्दै वडा अध्यक्ष वाईबाले प्याराग्लाइडिङ औपचारिक रुपमा नै सञ्चानमा ल्याउन सकेमा अन्तरिक तथा बाहय पर्यटक आगामी दिन अझ धेरै बढ्ने बताए । त्यसैगरी अध्यक्ष वाईबाले नमोबुद्ध जस्तो पर्यटक गन्तव्य भएको क्षेत्रमा प्याराग्लाइडिङ थपे यहाँको पर्यटकीय मनोरञ्जनको एउटा इट्टा थपिने बताउँदै शंखु र आसपासका स्थानीयको समेत आर्थिक जीवनस्तर उकास्न प्रत्यक्ष फाइदा हुने बताए । उनले वडा र आफ्नो व्यक्तिगत तर्फबाट गर्नु पर्ने जुनसकै सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्ता गरे ।

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार १५:५३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,