Breaking News

नेपाली कांग्रृसको संसदीय दलको बैठकले वाम गठबन्धनको सरकारलाई संबिधान र कानुनको खिल्ली नउडाउन चेतावनी दिएको छ । संसदीय दलको कार्यलय सिंहदरवारमा आज बसेको बैठकपछि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकरमाथि विपक्षी कडा हुने संकेत गर्नुभएको छ ।

पार्टी संसदीय दलको नेता चयन भएपछि आज देउवाले बैठक बोलाउनुभएको थियो । उक्त बैठकपछि संचारकर्मीसँग कुरागर्दै सभापति देउवाले ओली नेतृत्वको सरकारका गतिविधि राम्रो नभएको टिप्पणी गर्दै सरकारलाई शंकाको लाभ दिने अवस्था नरहेको पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले सरकारको एक सय दिनलाई हनिमुन पिरियडको रूपमा लिएर शंकाको लाभ दिने समय भएपनि ओली सरकारका गतिविधि हेर्दा शंकाको लाभ दिने अवस्था नदेखिएको बताउनुभयो । उहाँले प्रतिपक्षको हैसियतमा काँग्रेसले यस्ता गतिविधिको कडा प्रतिवाद गर्ने भन्दै आफ्नो नेतृत्वको सरकारका निर्णय ओली नेतृत्वको सरकारले उल्टाए त्यासको कडा प्रतिबाद गर्ने चेतावनी पनि दिनुभएको छ ।
कांग्रेसले बामगठबन्धनको सरकारमाथि दवाव बनाउन ‘छाया सरकार’ बनाउने बताइसकेको छ । आज बसेको काँग्रेस संसदीय दलको बैठकले दलको उप नेतामा विजयकुमार गच्छदारलाई चयन गरेको छ ।

संसदीय दलको नेतामा पार्टी सभापति देउवा आजै निर्वाचित हुनुभएको हो । संसदीय दलको नेता चयनका लागि आज भएको मतदानमा देउवाले ४४ मत पाएर निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सभापति देउवाले २५ मतको अन्तरले पूर्वमहामन्त्री सिंहलाई पराजित गर्नुभएको हो । संसदीय दलको नेतामा सभापति देउवासँग पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रतिस्पर्धा गर्नुभएको थियो । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याउदा सिंहले १९ मत मात्र पाउनुभएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार १९:०५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,