Breaking News

तामाङ सिने जगतमा प्रवेश गरेको केही समयमै दर्शकहरूमाझ लोकप्रियता कमाउन सफल र निकै चर्चित नायिका हुन्, सुनिता लुङ्बा । काभे जिल्लाको पाँचखालमा आप्पा सानुकाजी तामाङ र आमा सुन्तली तामाङको कोखबाट जन्मिएकी लुङ्बा अहिलेका युवापुस्ताका चर्चित नायिका हुन् । सानै उमेरदेखि कला क्षेत्र तथा अभिनयमा खूब रुचि राख्ने उनी तामाङ कथानक चलचित्र ‘म्लाङ प्वाँहार’ मा गरेको अभिनयबाट लाखौँ दर्शकहरुको मन जित्दै नायिकाको रुपमा परिचित भएका हुन् ।
यतिले मात्रै उनको परिचय पुरा हुन सक्दैन । त्यसो त लुङ्बा एक सफल आरजे पनि हुन् भने गायिकाको रुपमा पनि आफुलाई संगीतिक क्षेत्रमा उभ्याइसकेकी छिन् । त्यसैगरी दर्जन भन्दा बढी म्युजिक भिडियोमा पनि उनले अभिनय गरेसकेका छन् ।  जसले गर्दा लुङ्बालाई नायिकाको साथै आरजे, गायिका र मोडल भन्दा कुनै फरक पर्ने छैन । यि सबै कुरालाई व्यवस्थापन गरी काम गरिरहेका उनी आजकाल निकै व्यस्त देखिन्छन् । प्रस्तुत छः खुलेर बोल्ने तथा सधै हासिरहने स्वाभवका यिनै गायिका तथा नायिका लुङ्बासँग इकमान लामाले लागि गरिएको कुराकानीः
हाल के गर्दै हुनुहुन्छ ?
म आफ्नै गितहरुको रेकर्डिङ साथै अभिनय तथा गितकै सिलसिला र प्रोगामहरुमा नै समय बिताइरहेको छु ।
कलाकारिता क्षेत्र नै किन रोज्नु भयो ?
यसको कारण यस्तो उस्तो भनी बर्णन गर्नु भन्दा कामबाट नै छर्लङ्ग देख्न सकिन्छ ।
तपाईले अभिनय गर्नु भएको फिल्म ‘म्लाङ प्वाँहार’ (कालो अरिंगाल) केही समय अघि प्रदर्शित तथा च्यारिटी शो भएको थियो । कस्तो प्रतिक्रिया पाउनुभयो ?
सायद म्लाँङ प्वाँहार फिल्म हजुरले पो छुटाउनु भोकी ? किनकी प्रतिक्रिया यस्तो उस्तो भनिरहनु नपर्ला  । मैले सोचेको भन्दा धेरै गुण राम्रो प्रतिक्रिया तथा प्रशंसा पाएको छु । त्यसैगरी तामाङ चलचित्र सबै भन्दा राम्रो तरिफ पाएको चलचित्र  ‘म्लाङ प्वाँहार’  नै हो । यसको गीत–सङ्गीत लगायतका हर पक्षले दर्शकको मन जित्न सफल छ ।
अभिनय बाहेक तपाईलाई अरु के काममा रुचि छ ?
रुचि भन्दा पनि म हर कुरा गर्न र सिक्न चाहन्छु ।  यनिकी म अभिनय बाहेक गित गाउछु, नाच्छु, प्रोगाम चलाउछु आदि । खासमा मेरो रुचि काम सङ्गै बढ्दै जाने हुँदा यही नै भन्ने छैन ।  काम गर्दै जाँदा त्यही काम रुचिमा पर्न सकिन्छ ।
तामाङ चलचित्र च्यारिटि शोमा मात्रै सिमित भइरहेको छ, यसलाई हलसम्म पु¥याउन के गर्नु पर्ला ?
सबैको यहि प्रश्न हुन्छ हा हा हा ….। धेरै कुरा गर्नु नपर्ला सायद,  भनिरहदा अपुग वा धेरै पनि हुन सक्छ त्यसैले छोटकारीमा भन्नु पर्दा बजार ब्यबस्थापन, एकरुपता, यस्ता धेरै छन् । प्रोसेस पनि भइरहेकै छ हेरौ अब के हुन्छ ।
आगामी दिनहरुमा कस्तो भुमिकामा अभिनाय गर्ने मन छ ?
म समसामयिक विषय बस्तु र गाउले परिवेशका साथै सामाजिक कथा बोकेको भुमिकामा अभिनय गर्न विशेष मन पराउँछु, भने यस्तै खालको फिल्ममा अभिनय गर्ने मन छ । ताकी आफुले अभिनय गरेको फिल्मले आफू र आफ्नो समाजमा सकारात्मक सन्देश जाओस् र दिन सकोस् ।
कलाकारिताबाट जीविका चलाउन कठिन छ भनिन्छ नि, तपाईलाई के लाग्छ ?
कलारिताबाट मज्जाले जिउन सकिन्छ  । आफुले लागेको क्षेत्र वा कामप्रति पहिला आफलाई केही ज्ञान हुनुपर्छ  । त्यसैगरी हरेक कुरा आफुले म्यानेज गर्ने हो । फल पाउन मिहेनत गर्नु जरुर र्पछ, मिहेनत गरेपछि अबश्य सफल भइन्छ । त्यसैले सहि तरिकाले कला बिकाए जिबिका चलाउन कुनै कठिनाई हुदैन ।
तपाइलाई आफ्नै फिल्म हेर्दा कस्तो महसुस हुन्छ ?
मलाइ आफ्नै फिल्म हेर्दा खुब मज्जा लाग्छ । किनकी हेर्दै गर्दा धेरै कुरा सिक्न सकिन्छ । फिल्म हेर्दा आफ्नो राम्रो र नराम्रो दुवै पक्ष थाहा पाउने मौका पाइन्छ । जसले गर्दा सुधार गर्न सहजता हुन्छ ।
तामाङ चलचित्र क्षेत्रको वर्तमान अवस्था कस्तो देखिरहनु भएको छ ?
म चाहिँ तामाङ चलचित्रको अहिलेको अवस्था निकै उज्वल देख्छु ।
तपाईलाई आफ्नो स्वाभव कस्तो लाग्छ ?
मेरो स्वभाव अरु भन्दा पृथक छ जस्तो लाग्छ । त्यसैले आफैलाइ आफ्नो स्वभाव खुब मन पर्छ हा हा … । अलि रिसालु  तर अडिक छु । जे गर्छु सोचेर गर्छु । हर कुरा भनेर सम्भव पनि नहोला, जे छु फिट छु हा हा … ।
पछिल्लो समय देशमा बलात्कार, लुटपाट, हत्या जस्ता कार्यहरु बढीरहेको देखिन्छ, किन होला ?
किन होला भनी जवाफ दिनै मुस्किल पर्यो हौ मलाइ त । जे होस् यस्तो न्युजहरु सुन्दा एकदमै नराम्रो लाग्छ । यो प्रश्नको उत्तर चाहिँ अहिले भन्न सकिएन झैँ लाग्यो  । यो बिसयमा म स्वयम् धेरै सोच्ने गर्छु । यस बिसयमा कुनै दिन  मज्जाले भन्ने छु, अहिलेलाइ केही भन्न चाहिएन ।
सामाजिक सञ्जालमा कतिको समय विताउनु हुन्छ ?
फुर्सदको समय प्राय सामाजिक सन्जालमै बिताउछु ।
अन्त्यमा केही भन्नु छ की ?
खासै भन्नु पर्ने त केही छैन । तर एउटा कलाकारको  हैसियतले भन्नु पर्दा तामाङ चलचित्र हाम्रो चलचित्र, हाम्रो चलचित्र राम्रो चलचित्र । यसलाई सबैले माया गरिदिनु  होला ।  थुजेछे
                    

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार १४:५१

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,