Breaking News

सहकारी अर्थतन्त्रको एउटा बलियो र भरपर्दाे खाम्बा हो-मगर

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १४:३४

बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक भिम बहादुर सिंजाली मगर सहकारी क्षेत्रमा एउटा स्थापित नाम हो । स्वदेशमै बसेर गाउ, समाज र राष्ट्रको लागि सेवा गर्न सकिन्छ भन्ने अठोटका साथ काम गर्दै आएका बताउने मगर संस्थाको स्थापना कालदेखि नै बज्रबाराही साकोसको प्रबन्धकाको जिम्मेवारी सम्हाल्दै आउनु भएको छन् । मगर सहकारी देशको अर्थतन्त्रको एउटा बलियो र भरपर्दाे खम्बा भएको बताउछन् । प्रस्तुत छ, उनै मगरसँग इकमान लामाले  गरेको कुराकानीको अंशः

समग्रमा सहकारीको बारेमा परिचयसहित बताई दिनोस न ?

सहकारी संस्था वास्तवमा आफैमा अर्थपुर्ण छ । बज्रबाराही बचत तथा ऋण सहकारी संस्था लि. सहकारी निति,नियम अनुसार नै डिभिजन सहकारी कार्यालयमा दर्ता भई वित्तिय कारोबार गर्न इजाजत प्राप्ता संस्था हो । यस सहकारी संस्थाको कार्यालय बनेपाको पुलबजारमा रहेको छ ।

सहकारी संस्थाको माध्यमबाट आम जनताको आर्थिक, समाजिक र साँस्कृकित जीवनस्तर उकास्ने तथा बृद्धि गर्ने उद्देश्यले सहकारी सम्बन्धी अनुभव भएको व्यक्तिहरुद्धारा स्थापना गरिएको संस्था हुन् । यसको प्रभाव पनि बजारमा राम्रो नै पारेको छ । सहकारी भनेको संग–संगै एक आपसमा हातेमालो गरी काम गर्ने भन्ने अर्थ हुन्छ । वि.स. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना भै वि.स. २०१३ सालमा सहकारी संस्था गठनको लागि सरकारद्धारा कार्यकारी आदेश जारी भै नेपालको चितवन जिल्लामा सहकारी संस्था स्थापना भएको इतिहास पाइन्छ । आज भोली सहकारी धेरै मात्रमा दर्ता भई धेरै वटा सहकारी बजारमा छन् तर ती सहकारीहरुको बजारमा अस्वस्था प्रतिस्पर्धा देखिन्छ र भइरहेको हुँदा सहकारी सञ्चालनमा केही चुनौती पनि त्यतिकै मात्रमा छ ।

नेपालको सहकारी विकास क्रमलाई कुन रुपमा हेर्नु भएको छ ?

मेरो बुझाईमा त सहकारीले धेरै राम्रो काम गरिरहेको छ, कैयौ संख्यामा बेरोजगारीहरुलाई रोजगार उपलब्ध गराएका छन् र बजारमा सदस्यहरुलाई शुलभ ढंगामा कर्जा प्रवाह गर्न सफल भएको छ । धेरै मात्रमा व्यापारीहरुलाई सहजीकरण दिँदै आएको छ । त्यसैले अर्थतन्त्रको एउटा खम्बाको रुपमा स्थापना भएको छ सहकारीको विकास क्रम आजको दिनसम्म आइपुग्दा ।

सहकारीको समस्या विगतदेखि यथावत् अवस्थामा छन्, सहकारीका समस्या कसरी समाधान गर्न सकिन्छ ?

यो समस्या त राष्ट्रको समस्या हो । अहिलेको सहकारीको समस्या कसरी समाधान गर्ने भन्ने कुरा मुख्या कुरा हो । सहकारीलाई कसरी लगानीमैत्री बनाउने भन्ने कुरा चुनौतिको कुरा हो । सहकारी मूल्य, मान्यता, नेपालको आवश्यकता अनुसार मापदण्ड बनाएर अघि बढ्नुपर्छ । निति नियम अनुसार त चल्नु पर्छ नै अब स्थानिय निकायले निति नियम बनाएर कसरी काम गर्ने भन्ने निति ल्याउँछ । त्यही अनुसार चल्नु पर्छ, अवस्या पनि निति नियम भित्र रहेर सहकारी सञ्चालन गर्नु पर्छ तब मात्र अस्वस्थ प्रतिस्पर्धा र सहकारीमा देखिएका केही समस्याहरु पनि काम हुन सक्छ ।

यसको मतलब सहकारी निति नियम राम्रो छैन भन्ने हो, सहकारीलाई लगानी मैत्री बनाउन कस्तो ऐन, नियम आउनु पर्छ जस्तो लाग्छ ?

हो, यो प्रश्न एकदम जायज छ । वास्तवमा अहिले अस्वस्थ प्रतिस्पर्धा छ । मेरो बुझाईमा सहकारीले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु पर्छ । कर्जा लगानी गर्दा उत्पादन मुलक क्षेत्रमा गर्दा राम्रो हुन्छ भन्ने लाग्छ । सहकारीले लगानी त गर्छ तर कस्तो ठाउँमा र व्यावसायमा गर्छ त्यो कुराको अनुगमान गर्नु पर्छ भनाईको मतलब लगानी गरेको छैन भन्ने होइन । अझ प्रभावकारी बनाउनका लागि त उत्पादन मुलक उद्योक तथा कलाकारखानामा लगानी गर्न लगाउने र त्यहाँबाट रोजगार सृजना गराउने खालको ऐन, लागु गर्दा राम्रो होला ।

सहकारी साहूकारी भए भन्ने आरोप लाग्छ नि, निक्षेप लिँदा सस्तो लिने कर्जा दिनु पर्दा चर्काे व्याज लिने परिपाटी कसरी रोक्न सकिन्छ ?

यस प्रश्नमा मेरो धेरै आपत्ती छ । किनकी यो हुन सक्दैन । सहकारी ऐन समग्रमा सहकारी अभियानलाई समेट्न सहिरहेको छैन । सहकारी आवश्यकता परिपूर्ति गर्ने ऐन आउनु पर्ने अहिलेको आवश्यकता पनि हो । मुख्यात जनताको जीवनस्तर उकास्न सदस्य केन्द्रित सहकारी बनाउन लाग्नुपर्छ । सहकारीलाई विभिन्न क्षेत्रमा जाने अवसर दिनुपर्छ । अहिलेको जस्तो ऐनले सदस्य केन्द्रित अर्मूत शब्दले कुनै लाभ दिन सक्दैन ।

बचत र लगानीको अन्तर भनेको २–३ प्रतिशतको अन्तर छ, जसमा बजारमा अस्वस्थ प्रतिस्पर्धा छ । सहकारीको निति नियम अनुसार ६ प्रतिशतको अन्तर अनिवार्य भनेको छ, तर अस्वस्थ प्रतिस्पर्धाको कारण महँगो ब्याजमा उठाएर लगानी गर्नु परेको छ । यो भन्दा २र४ वर्ष अगाडी एकाद भए होला तर अहिले सम्भव छैन । यसलाई नियन्त्रण गर्न त अस्वस्थ प्रतिस्पर्धा हटाउनु सक्नु पर्छ र सस्तो ब्याजमा निक्षेप उठाउने र सस्तोमा लगानी गर्न सक्नु पर्छ ।

देश संघियतामा गइसकेको अवस्थामा स्थानिय तहसंग सहकारीले कसरी सझेदारी गर्न सकिन्छ ?

स्थानीय निकायले पनि सरल र सक्षम खालको निति नियम बनाएर जानु पर्छ जस्तो लाग्छ । राम्रो काम गर्ने सहकारीलाई विशेष सम्मानका साथ काम गर्न दिनु पर्छ । उत्पादन मुलक क्षेललाई मुख्य विन्दु बनाई लगानी गर्ने वातावरण बनाउनु पर्छ जस्तो लाग्छ ।

सहकारीलाई सदस्य केन्द्रित बनाउन सकिदैन ?

स्वाभाविक प्रश्न सोध्नु भो वास्तवमा सहकारी सदस्य केन्द्रित हुनुपर्छ र बनाउन सकिन्छ । सदस्यमैत्री सहकारी निमार्ण गर्न आवश्यक पनि छ । त्यसका लागि सदस्यको विकास र जीवनस्तर सुधार नै सहकारीको मुल उद्देश्य हुनुपर्छ । सहकारीको उद्देश्य नै सदस्यको हकहितको लागि कार्य गर्ने हो । निम्ना आयस्तर भएका सदस्यलाई शुलम व्याजदर कर्जा लगानी गरेर सदस्यको आर्थिक जीवनस्तर माथि उठाउनु नै हो ।

आ.व. २०७५।७६ को लागि नयाँ योजना के–कस्तो बनाउनु भएको छ नि ?

हाम्रो बज्रबाराही बचतको हकमा भन्नु पर्दा हामीले सञ्चालन गरेको लगभग ०७५ बैशाखबाट हो । त्यसैले शुरुवातको अवस्था छ, योजना तर्जुमा गर्दा बजेटको तर्जुमा गर्नु जरुरी छ । अहिले हामी सदस्यसँग घुलमिल हुदँ सदस्यहरुप्रति संस्थाको विश्वास दिलाउन चाहन्छु । समग्रमा भन्नु पर्दा योजना तर्जुमा गर्नु त बाँकी नै छ, र हाम्रो ०७५।७६ को नयाँ योजना केही दिनमा तयार हुदैछ, अहिले भईसकेको अवस्था छैन ।

अन्त्यमा केही भन्नु छ की ?

यस डाँडापारि सन्देशमार्फत आफ्ना केही भनाईहरु राख्ने अवसर दिनु भएकोमा विशेष धन्यवाद दिन चाहन्छु, र सहकारी सम्बन्धी विषयलाई लिएर आउनु भएको छ यसलाई प्रभावकारी रुपमा अगाडी बढाउनोस् भन्न चाहन्छु । सहकारीको राम्रा तथा नराम्रा पक्षहरुलाई निरन्तर रुपमा उजागर गर्दै जानुहोस् भन्न चाहन्छु । किनकी सहकारीको संख्यामा बृद्धिपछि अनुगमन र गल्ती गर्ने संस्था तथा सञ्चालकलाई कारबाही हुन नसक्दा विकृति बढिरहेको छ । साथमा मानविय मुल्य र आबश्यकतालाई मध्यनजर गरेर सुढृढ, सुसाशनयुक्त सहकारी अभियानको विकास नेपालको बस्तुस्थितिको माग हो, यहि मागलाई सम्बोधन गर्ने गरी राज्य र सहकारी अभियान एकताबद्ध भएर अगाडी बढ्न म सम्बन्धीत सबै पक्षलाई अनुरोध गर्न चाहन्छु ।

डाँडापारि सन्देशबाट

प्रवन्धक
भिम बहादुर सिंजाली मगर
बज्रबाराही बचत तथा ऋण सहकारी संस्था लि.
बनेपा, काभ्रे

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १४:३४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,