Breaking News

साङमो भइन् घेदुङ साइप्रसको अध्यक्ष

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ११:०८

काठमाडौ । “तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बद्र्धन” भन्ने मूल नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रसको अध्यक्षमा साङमो थोकर तामाङ चयन भएको छ । घेदुङ साईप्रसको प्रथम ऐतिहासिक अधिबेशन तथा दोस्रो वार्षिकोत्सवबाट थोकर सर्वसहमतिमा चयन भएको हो ।

अधिवेशनमा अध्यक्ष पदको जिम्मेवारी लिँदै थोकरले तामाङ समुदायको हकहितका निम्ती काम गर्ने बताउँदै आफूले सबैलाई समेटेर संस्थाको निति नियम अनुरुप अगाडी बढ्ने प्रतिबद्धता जनाइन् ।

अधिवेशनबाट बरिस्ठ उपाध्यक्षमा शर्मिला लोप्चन तामाङ, उपाध्यक्षमा सबिता घिसिङ तामाङ, महासचिवमा लक्ष्मी ब्लोन तामाङ, सचिव सुनिला दोङ तामाङ, कोषाध्यक्ष मिना लामा तामाङ, सह–कोषाध्यक्षमा निरु घिसिङ तामाङ चुनिएका छन् ।

त्यसैगरी सदस्यहरुमा साधना वाईबा तामाङ युबिना तामाङ, अम्बर पाख्रीन तामाङ, म्हेन्दा तामाङ, कामी छ्योमो तामाङ, सीता तामाङ, माया थिङ तामाङ, सुशिला तामाङ, राजु तामाङ, कुमार तामाङ, सुष्मा तामाङ, किया तामाङ, हिरामाया पाख्रिन तामाङ, कल्पना वाइबा तामाङ, शुभलक्ष्मी ब्लोन तामाङ, माया वाइबा, धनकुमारी तामाङ, हिरादेवी तामाङ लगायत रहेका छन् ।

अधिवेशनले सांस्कृतिक विभागको जिम्मेवारी अबि लामा तामाङ, अञ्जली तामाङ, रेनु तामाङ र सुनिमाया तामाङलाई दिएको छ भने महिला प्रवक्तामा उषा ब्लोन तामाङलाई प्रदान गरेकी छिन् । संस्थाको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष नानू गोम्जा तमाङ तथा सल्लाहकारहरुमा ज्ञानु तामाङ, हर्कमान वाइबा तामाङ र माया लोप्चन तामाङ रहेका छन् ।

कार्यक्रममा होनरी कन्सुलर साईप्रसका राम जिवन पञ्जियार, नेपाल तामाङ घेदुङ केन्द्रिय समितिको अन्तर्राष्ट्रिय बिभाग प्रमुख टासी लामा, गैर आबासिया नेपाली संघ साईप्रसका अध्यक्ष सुबास मल्ला, नेपाल नेपाल मगर संघ साईप्रसका महासचिव दर्शन मगर, काभ्रे सेवा समाज साईप्रसकि अध्यक्ष कल्पना वाईबा मोक्तान तामाङ, तमु समाज साईप्रस प्रतिनिधि एलिशा गुरुङ, जन सम्पर्क समिती साईप्रसका प्रतिनिधि लस्मिता गुरुङ, शेर्पा केदुक साईप्रसका प्रतिनिधि मिङ्म शेर्पा, चितवन सेवा समाज साईप्रका प्रतिनिधि सान्ती राई लगायतको उपस्थिति रहेका थिए ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ११:०८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,