Breaking News

सामाजिक क्रिया संजाल नेपालले आँखादान चेनतामूलक कार्यक्रम आयोजना

हरिराम पौडेल प्रकाशित मिति : २० मंसिर २०७५, बिहीबार १९:२०

काठमाण्डौ, मंशिर २० गते ।
सामाजिक क्रिया संजाल नेपालले आँखादान चेनतामूलक कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौ महानगरपालिका वार्ड नं ५ को संयोजनमा गहनापोखरी, हाडीगाउँ स्थित समुन्दमन शिक्षा प्रतिष्ठानमा काठमाण्डौ महानगरपालिका कि उप प्रमुख हरि प्रभा खड्गीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा का.म.न.पा. वार्ड नं. ५ का वडा अध्यक्ष रमेश डंगोल, महिला सदस्य मीना सिंह प्रजापति, वडा सदस्य उत्तम शर्मा, रेडियो सिटी एफ.एम. ९८.८ कि अध्यक्ष तथा वरिष्ठ संचारकर्मी रुपा विमलको विशेष अतिथिको रुपमा उपस्थिति रहेको थियो ।


आँखादान चेनतामूलक कार्यक्रममा ७० जना स्थानीय नागरिकको उपस्थिति रहेको थियो । उपस्थित मध्ये ९५ प्रतिशत महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गीले आँखादान महादान भएकोले मृत्यु पछि डढेर खरानी हुने आँखा दान गरेर दुई जनालाई सुन्दर संसार हेर्ने अवसर दिन आग्रह गर्नि । कार्यक्रममा महिलाको विशेष उपस्थिति देखेर खुशी व्यक्त गर्दै उनले महिलाहरुको हरेक क्षेत्रमा यस्तै सक्रिय सहभागिता रहनु पर्नेमा जोड दिइन् ।


वडा अध्यक्ष रमेश ढंगोलले आफ्नो वडामा यस्ता जनचेतनामूलक कार्यक्रम राखेकोमा सामाजिक क्रिया सञ्जाल नेपाललाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यहरुमा वडाको पूर्ण सहयोग रहने वताए । साथै यस्तो कार्यको प्रचार प्रसारमा संचार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै यहि विषयमा रेडियो सिटी एफ.एम. ९८.८ को विशेष कार्यक्रम विचार मञ्च मा आफ्नो अन्तर्वार्ता राखेकोमा रेडियो प्रति धन्यवाद सहित खुशी व्यक्त गरे ।


कार्यक्रममा बोल्दै रेडियो सिटी एफ.एम. ९८.८ कि अध्यक्ष रुपा विमलले सामाजिक र परोपकारी कार्यमा रेडियो सिटीको सधैं साथ, सहयोग र हातेमालो रहेको स्मरण गर्दै आगामी दिनहरुमा पनि सामाजिक, परोपकारी र जनचेतनामूलक कार्यको प्रचार प्रसारमा रेडियो सिटीको साथ रहने प्रतिवद्धता व्यक्त गरिन् । साथै आँखादान जस्तो महादानमा आफ्ले पनि मृत्युपयन्त आँखादान गर्ने घोषणा गर्नि ।
सामाजिक क्रिया सञ्जाल नेपाल कि अध्यक्ष मैया बज्राचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा आँखादान बारेको प्राबिधिक जानकारी नेपाल आँखा बैंकका ब्यवस्थापक शंकर तोयनाले गरेका थिए । उनका अनुसार मृत्यु भएको आठ घण्टा भित्र आँखाको नानी निकाल्न सकिन्छ । नेपाल आँखा बैंकका प्राविधिकहरु चौविसै घण्टा नानी संकलनमा परिचालित हुने भएकोले कुनै पनि बेला फोन गर्न पनि आग्रह गरे ।


स्थानीय संयोजकको रुपमा वडा कि सामाजिक परिचालिका श्रुति अर्यालले सहजकार्ताको भूमिका निर्वाह गरेकी थिइन् । गयिका रोजी डंगोल श्रेष्ठद्धारा आँखादान को गीत गाएर सुरु गरिएको कार्यक्रम संस्थाका महासचिव आनन्दरत्न बज्राचार्यले संचालन गरेका थिए । कार्यक्रममा सामाजिक क्रिया सञ्जाल नेपालका कार्य समितिका पदाधिकारीहरु तथा अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
काठमाण्डौ महानगरपालिका संगको सहकार्यमा पहिलो चरणका काठमाण्डौ महानगरपालिकाका १० वटा वडामा आँखादान सम्वन्धी जनचेतना तथा आँखादान इच्छापत्र संकलन गर्दैछ । कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद सहित अध्यक्ष मैंया बज्राचार्यले संस्थाले आगामी दिनमा यो अभियान देशव्यापी रुपमा लैजाने बताइन् ।

प्रकाशित मिति : २० मंसिर २०७५, बिहीबार १९:२०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,