Breaking News

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सिन्धुपाल्चोक जिल्लास्थित सुनकोशी गाउापालिका वडा नं. १ का वडाध्यक्ष नेत्र बहादुर कार्कीले आफ्नो वडामा खादा प्रयोग गर्न निषेध गरेका छन् ।

९ असोज ०७५ मा ‘खादा निषेधित गरिएको सम्बन्धमा’ लेखिएको एक सुचना जारी गर्दै वडा नं. १ भित्र खादा प्रयाग गर्न निषेध गरेका हुन् । जारी गरिएको सुचना अनुसार कार्तिक १ गतेदेखि त्यस क्षेत्रमा खादा प्रयोग गर्न पाइने छैन ।

अध्यक्ष कार्कीद्धारा हस्ताक्षरित सुचनामा लेखिएको छ, ‘प्रस्तुत विषयमा यस सुनकोशी गाउँपालिका वडा नं. १ को कार्यालयले यही मिति २०७५ कार्तिक १ गतेदेखि लागु हुने गरी यस वडा क्षेत्रभित्र गरिने कुनै पनि सार्वजनिक कार्यक्रमहरुमा खादा प्रयोग गर्न नपाउने गरी निषेधित गरिएको हुँदा सोही अनुसार गर्नु/गराउनुहुन अनुरोध गरिन्छ ।’

खादा निषेध गरिएको निर्णय गरेसँगै अध्यक्ष कार्की र सिंगो गाउँपालिकाको अहिले चौतर्फी रुपमा विरोध भइरहेको छ । बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्दै आएको खादा निषेध गर्नुपर्ने भनाई राख्दा यसअघि हालका प्रधानमन्त्री केपी शर्मा ओली समेत विवादमा परेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार २३:२५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,