Breaking News

सर्वप्रथम सबैलाई नमस्कार !

अहिले को समय भनेको सानो कुरा गर्दा नि ठुलो भएर “एक कान दुई कान हुँदै मैदान” फैलिने बेला हो तर वास्तबिक भोगाई र पिडा भोग्ने मान्छे लाई मात्र थाह हुन्छ । मेरो परिचय अहिले साधारण नै छ तर हेर्दै जानुस समय बित्दै गएपछी यो साधारण मान्छे पनि असाधारण बन्नेछ ।

परिचय अहिले केही छैन जुन दिन परिचय बन्छ त्यो दिन मित्रता पनि बन्ने छ । खासै केही बोल्ने मन थिएन तर भनिन्छ नि ” तपाईं काम गर्दै जानुस म पछाडी बाट खुट्टा तान्दै आउछु ” यो भनाइ आज सत्य जस्तो लाग्दै छ । काम गर साथ दिन्छु त अमेरिका मा बस्ने नेपाली ले पनि भन्छ तर सच्चा मन ले साथ दिने कम नै हुदा रहेछ्न भने खुट्टा तान्ने को त के कुरा ?? तपाईं लाई जन्म कस्ले दियो ? बोल्न कस्ले सिकायो ? हिंड्न् ,खान ,पढ्न अन्य काम गर्न कस्ले सिकायो ?? त्यो आ- आफ्नो फरक फरक कुरा हो ।

हिजोआज धेरैले गरेको प्रसम्सा नि सुन्दै छु त्यतिकै आलोचना पनि तर सपना भने मरेको छैन र आशा पनि केही ब्यक्तीले भनेको कुरा केही ब्यक्ती को माध्यम बाट सुन्न मा आयो । दुनिया सेलिब्रेटि सङ्ग फोटो खिच्दै मा कोहि चर्चित ब्यक्ती बन्न सक्दैन तर यो फोटो खिचेर चर्चित बन्न खोज्दै छ ” यो भनाइ मैले भनेको होइन मेरा आलोचनाकर्ता को हो , मलाइ कुनै सेलिब्रेटि सङ्ग फोटो खिचेर अरुको अगाडि नाम कमाउनु छैन । मैले धेरै ठाँउ मा भन्दै आएको कुरा ” म कुनै सामाजिक अभियान्ता होइन , अहिले म पत्रकारिताको अभ्यास गर्दै छु ” तर बुज्नेले के बुज्दैहुनुहुन्छ त्यो म सङ्ग को विषय भएन ,सामाजिक काम गर्नु गल्ती हो ? सामाजिक काम गर्नु तपाईं हामी सबैको कर्तव्य होईन ? तर पनि किन प्रत्येक मानिसको बौद्धिकता मा यो कुरा बस्न सकेको छैन ।

त्यसैले म अन्तिम मा यहि भन्छु मलाइ कुनै ब्यक्ती सङ्ग फोटो लिदैमा , कुनै ब्यक्ती भेट्दैमा चर्चित बन्नु छैन केबल म अहिले पत्रकारिताको अभ्यास गर्दै छु ताकी भबिस्यमा एउटा असल पत्रकार भनेर सबै खबर लाई खबर गर्न सकु । हानिलाइ कम गर्न सकु भन्ने कुरा मा मात्र लागेको हु । तपाइँ हिम्मत मात्र राख्नुस जुनसुकै ब्यक्ति पनि भेट्न् सक्नुहुन्छ चाहे त्यो अमेरिका को रास्ट्रपति किन नहोस तर भेट् मा के कुरा भयो किन भेट भयो त्यो कुरा महत्त्वपूर्ण हो । जुनसुकै काममा प्रसम्सा मात्र होईन आलोचना को पनि आवश्यक पर्दछ र त्यही आलोचना पनि गर्दै जानुस अझ काम गर्न या अगाडि बढन उर्जा प्रेरणा मिल्नेछ ।

सुरेश तिमल्सिना नेपालको कान्छो पत्रकार हुन ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार १८:५७

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,