Breaking News

१०८ कन्या पूजा भव्यताका साथ सम्पन्न ।

प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार १७:०७

सौगात मन्टेश्वरी, कीर्तिपुर इनर व्हिल क्लव अफ कीर्तिपुर र दीपश्री क्रिएटिभ मिडियाले मंसीर १ गते शनिबार बिहान १०८ कन्या पूजाको आयोजना गरेको छ । कीर्तिपुर मैत्रीनगरमा अवस्थित इशानेश्वर मन्दिरमा आयोजना भएको उक्त कन्या पूजामा सम्भव छ नेपाल संस्थाको सहकार्य रहेको थियो ।


स्थानीय बासिन्दा अभिभावक, समाजसेवी तथा संचारकर्मीहरुको प्रत्यक्ष सहभागितामा नौ वर्ष मुनिका साना नानीहरुको सु—स्वास्थ्य तथा दीर्घायूको कामना सहित उक्त पूजा सम्पन्न भएको थियो ।

इनर व्हिल क्लव अफ कीर्तिपुर कि प्रिसिडेन्ट तथा १०८ कन्या पूजा समारोह कि प्रमुख राज्यलक्ष्मी बैदारले परम्परा देखि मान्दै आएको कला सँस्कृतिको महत्व अहिलेको नयाँ पुस्तालाई हस्तान्तरण गर्न र पछिल्लो पुस्ता सम्म जीवन्त राख्न यस्ता किसिमका धार्मिक अनुष्ठानहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने हुँदा यस्तो कार्यलाई निरन्तरता दिँदै आईरहेको बताइन् ।

त्यसैगरी १०८ कन्या पूजाको विशेष समारोहका प्रमुख संयोजक, दीपश्री क्रिएटिभ मिडियाका निर्देशक एवं सञ्चारकर्मी दिपक लामिछानेले यस प्रकारको धार्मिक कार्यलाई नेवारी समुदायमा मात्र सीमित नराखी सबै समुदायका नानीहरुलाई समेटेर जिउँदो देवीको रुपमा पूजा गरी उनीहरुको सुस्वास्थ्य र दीर्घायुको कामना सहित नारीको सम्मान गर्ने शुभ कार्यमा दीपश्रीले समेत सहकार्य गरि कार्यक्रम सफल बनाउन पाएकोमा अत्यन्तै खुशी व्यक्त गरे ।


कार्यक्रममा इनर व्हिल डिस्ट्रिक ३५० नेपाल कि सुमी जोशी, इनर व्ह्लि क्लव अफ कीर्तिपुर कि भाइस प्रिसिडेन्ट नीता श्रेष्ठ, सचिव सुशिला मानन्धर, कोषाध्यक्ष तथा संस्कार प्रि स्कुल कि प्रिन्सिपल पूजा गौतम, सदस्य मोहना क्षेत्री लगायत क्लवका अन्य सदस्यहरु, इनर व्हिल क्लव अफ राजधानीबाट विकला घिमिरे पौडेल, रेडियो सिटी एफ.एम. ९८.८ कि बाल कार्यक्रम कि प्रस्तोता अदिति पौडेल, रोटरी क्लव अफ राजधानी का पब्लिक इमेज कमिटीका प्रमुख, लिस्नर्स क्लव नेपालका अध्यक्ष तथा संचारकर्मी हरिराम पौडेल स्थानीय वुद्धिजीवि, समाजसेवीहरुको विशेष उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार १७:०७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,