Breaking News

१ करोड तिर्दा पनि जग्गा नपाउने, किन एकोहोरो बढ्दैछ भाउ ?

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार ११:४७

काठमाडौ । काठमाडौमा जग्गाको भाउ यसरी बढेको छ कि अबको केहि बर्षमा चानचुने मान्छेले काठमाडौँमा जग्गा किन्नु कल्पना मात्रै हुँदैछ । महँगो पनि यतिसम्म कि पछिल्लो समय काठमाडौँको कुना–कुनामा समेत जग्गाको भाउ आकासिदा बैदेशिक रोजगारीमा आकर्षक गन्तब्य मानिएको कोरियामा ५ बर्ष बसेर आउने एक युवालाई कोरिया बसेर कमाएको २ करोडले पनि काठमाडौँमा भनेजस्तो घर वा घडेरी जोड्न मुस्किल हुने देखिन्छन् ।

भूकम्प जानु अघि काठमाडौँको गोंगबु स्थित टाउनप्लानिङमा ४ आना जग्गा किन्न ५०–६० लाखले पुग्ने स्थिति थियो तर अहिले त्यही ठाउँमा नै आनाकै ५० लाख पुगेको छ । त्यहि आनाको ५० लाख भनिएको जग्गा २ महिना पछि किन्न जाने हो भने ५२ लाख पुगिसक्छ । यसरी आंकलन गर्दा काठमाडौँको अधिकांश क्षेत्रमा जग्गाको भाउ अनियन्त्रित किसिमले बढ्दै जाने निश्चित छ ।

सरकारले कृषि योग्य जग्गा कित्ता काट गर्न नियन्त्रण गरेसंगै टुक्रा जग्गाको मूल्य झनै आकाशिदै छ । त्यसो त भूकम्पलगत्तै जग्गाको प्लटिङ व्यवसाय गर्नेहरुले काठमाडौँमा जग्गा (घर) जोडेर ६ महिना देखि १ बर्षमै करोडपति बनेका उदाहरणहरु छन् ।

अहिलेको स्थितिलाई हेर्दा काठमाडौँमा मध्यम वित्तीय क्षामता भएको परिवारका लागि जग्गा किन्नु र घर बनाउनु प्रायः असम्भव सपना भईसकेको छ । नक्सा पास र पास भएका नक्शाबाट बन्ने घरका सुपरीवेक्षण नगर्ने सरकारी कार्यालयको दैनिकी बनेका छन् । दिनभरी सरकारी काम गर्ने सरकारी अमिन तथा कर्मचारी समेत बिहान–बिहान व्यक्तिहरुको जग्गा नाप्दै हिडेका भेटिन्छन् । बाहिर–बाहिर कित्ताकाट हुन्न भन्दै हिड्ने भित्र–भित्रै कित्ता काट्ने अनि मुठाका मुठा पैसा अशुली गरिरहेको बुझिएका छन् । यसले के प्रमाणित गर्छ भने सरकारी संयन्त्रमै जग्गा दलाल र माफियाकरणको जालो छ । जसको कारण एकै बर्षमा एकै जग्गा ५।६ पटकसम्म बिक्रि भएका छन् ।

जग्गामा क्रेता र विक्रता विचको कुइरो छ जसलाइ दलाल भनिन्छ । जग्गाको भाउ बढ्नुमा सबैभन्दा बढी भूमिका दलालहरू अर्थात बिचौलियाहरुको नै छन् । जग्गा धनीबाट कमिसन पाउने हुँदा जति महँगोमा बेच्न सक्यो उसलाई त्यसै अनुसारको सम्झौता बमोजिम मोटो रकम पाउने सर्त गरिएको हुन्छ ।

त्यसो त विडम्बना के पनि छ भने दलालको रहोबरमा जग्गा देखाएर भिरको जग्गा पास गर्ने र फसाउनेसम्मको काम पनि भएका छन् । जग्गा दलालहरुलाई नियन्त्रणमा लिन सकिएन भने काठमाडौँमा जग्गाको भाउ अझै बढ्ने निश्चित छ ।
अर्को कुरा के पनि हो भने नेपालमा उद्योगधन्दाको अवस्था चौपट छ । आफ्ना देशका युवालाई विकेन्द्रीकरण गरेर देशको चौतर्फी बिकासका योजनाहरु गएका छैनन् । बिदेशमा पैसा कमाउनेहरुको सपना कुनै उद्योग खोल्नु वा लगानी गर्छु भन्दा पनि जग्गा जोड्नेमै केन्द्रित छ । त्यस्तो सोच पैदा हुनुमा सरकारी नीतिकै कमजोरी छ । देशमा लगानी सुरक्षित र फाइदाजनक हुने कुनै उद्घ्योगधन्दा तथा लगानीको वातावरण नहुँदा पनि जग्गामा केन्द्रित हुने गरेको पाइएको छ । त्यसैले कमाएको पैसा सदुपयोग गर्ने एकै मात्र ठाउँ जग्गा भएको कारण पनि जग्गामा गरिएको लगानी फस्दैनु भन्ने सोचले जग्गामा लगानी भईरहेको पाइन्छ ।

विदेशबाट आएका र जग्गामा लगानी गर्नेहरुले दलालले जति भन्छ, त्यसै मूल्यमा केहि घटाए झैं गरि जग्गामा लगानी गर्दा पनि जग्गाको मूल्य बढेर गएको छ ।

त्यसो त कुनै क्षेत्रमा जग्गा किन्न गयो भने जग्गा दलालहरुको बाक्लो झुण्ड हुन्छ । कुनै एउटा जग्गा बिक्रीमा छ भने १० जनासम्म दलाललाई त्यसको खोजिनीति हुन्छ । यस्तो अवस्थामा जुन दलालले जग्गाधनीलाई बढी पैसा भाउ तिर्न सक्ने ग्राहक ल्याईदिन्छ जग्गाधनीले त्यसैलाई जग्गा दिन्छ । यस्तो अवस्थामा उक्त जग्गाको मोल स्वत बढेर किनिदा संगैको साँध भएको जग्गाको जग्गा धनीले समेत आफ्नो जग्गाको मूल्य बढाइदिन्छ । त्यसपछि दलालहरुले त्यहि जग्गालाई देखाएर त्यहि त त्यति छ भन्दै जग्गा किन्नेलाई मोलमोलाई गर्न सुरु गर्छन् ।

जग्गा बढ्नुको कारण धेरै छन् तर दलालकै कारण सबैभन्दा बढी जग्गा महंगीने हुँदा तल एउटा उदाहरण दिएर दलालीको कारण कसरी जग्गाको मूल्य बढ्छ तल उदाहरणमा स्पष्ट पार्न खोजिएको छ ।

एक जना व्यक्तिले काठमाडौँमा जग्गा किन्दैछ, उसले अब सिधै जग्गा धनीसँग जग्गा लिन चाहन्छ तर त्यो सम्भव हुँदैन । अब उसले जग्गाको कारोवार गर्दै हिड्ने दलालको मद्धत लिनु पर्ने अवस्था छ । दलालसँग जग्गा धनी वा अर्को दलालसँगको मिलेर जग्गा किन्नेवालालाई ४।५ वटा जग्गा देखाउँछ । त्यस मध्ये एउटा जग्गा धनीलाई भेटेर कुरा मिलाउने काम हुन्छ । यस्तो अवस्थामा दलालले निश्चित कमिसन पाउँछ । यदी जग्गा धनिले तोकेको भन्दा बढीमा जग्गा बेच्न सफल भएको छ भने दलालले अझै मोटो रकम कमिसन पाउँछ ।

मानौँ अब राम जग्गाधनि भयो । रामले किनेकै दिन आफूले हालेको मूल्य भन्दा प्रति आना १ लाखभन्दा बढी फाइदा राखेर जग्गा बेच्न चाहेको खण्डमा जग्गा दलालले त्यसै अनुसार अर्को जग्गा खरिद गर्नेलाई त्यहि जग्गामा पनि रामसँग कमिसन निश्चित गरेर बेच्नको लागि मान्छे खोज्न थाल्छ । यही प्रक्रियाले जग्गाको भाउ दिन, महिना गर्दै बढ्दै गएको छ । कुनै क्षेत्रमा एउटा जग्गाको भाउ सबैभन्दा बढी मानौं १५ लाख छ भने त्यसको वरिपरी त्यहि मूल्यको प्रभावले जग्गाको मूल्य बढ्छ ।

त्यसो त जग्गाको मूल्य महँगो हुँदा आधा(आधी पैसाको आधारमा जग्गा किन्नेले बाँकी पैसा ऋण गरेर जग्गा किन्ने हुँदा त्यसैको ब्याजमा फसेर ऋणमुक्त हुन संघर्ष गर्छ ।

यसरी सरकारी स्पष्ट नीति, अन्य व्यवसायमा जनतालाई केन्द्रित गराउन नसक्नु, लगानी सुरक्षित नहुने डर र अर्को देखासिकिकै कारणले पनि जग्गाको डिमाण्ड बढ्छ र त्यसै अनुसार बेथिति बसेको छ । सरकारले यस बिषयलाई बेलैमा नसोचे नत देशको बिकास सम्भव छ न त जग्गा किनबेचनै बन्द हुन्छ ।

एउटा व्यक्तिले कोरियाबाट कमाएर आएको पैसा जग्गाको ठाउँमा कुनै उद्योगमा लगानी गर्ने हो भने त्यसले देश आत्मनिर्भर मात्र हुँदैन । दैनिक हजारभन्दा बढी नेपाली युवालाई विदेश जानबाट रोक्न सकिन्छ । एक करोड लगानीमा एउटा उद्योगले ५ जनालाई रोजगारी दिन सक्छ भने त्यहि लगानी जग्गामा लगाउँदा न कसैले रोजगारी पाउँछ न त देशलाई प्रत्यक्ष लाभनै हुन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार ११:४७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,