Breaking News

३३ किलो सुन तस्करी प्रकरणका मास्टर ‘गोरे’ अन्ततः पक्राउ

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १६:२६

गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरि गोरेलाई सार्वजनिक

जेठ ८, काठमाडौँ । साढे ३३ किलो सुन हुँदै ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मास्टर माइन्ड चुडामणि उप्रेती ‘गोरे’ अन्ततः पक्राउ परेका छन् ।

सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्याकाण्डको अनुशन्धान गर्न गठन भएको गृहमन्त्रालय अन्तर्गतको छानविन समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोरेलाई सार्वजनिक गरेको हो।

विशेष सूचनाका आधारमा उनलाई काठमाडौँको गौरीघाटबाट पक्राउ गरिएको जानकारी समितिले दिएको छ । उनलाई घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर गृह मन्त्रालयमा अायोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरेको हो । यद्यपि, समितिले भने गोरे काठमाडौंको गौरीघाटबाट पक्राउ परेको दाबी गरेको छ ।

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। यतिबेला ३० जना माथि मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

पछिल्लो समय प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका गोरे मंगबार गृह मन्त्रालयमा  रातो क्याप र कालो मास्क लगाएर उपस्थित भएका थिए । उनलाई सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले क्याप खोल्न आग्रह गर्दा उनले अपशब्द बोल्दै मास्क फ्याँकेका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १६:२६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,