Breaking News

५ जिल्लामा जातीय छुवाछूतविरुद्ध अभियान

samabeshi online प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार २२:२७

७ वैशाख,काठमाडौँ/जातीय भेदभाव हटाउनका लागि पाँच जिल्लामा जातीय भेदभावविरुद्ध साझा अभियान सञ्चालन गरिएको छ ।

नेपाल राष्ट्रिय दलित सामजिककल्याण संगठनले जातीय छुवाछूत हटाउन जाजरकोट, कालीकोट, सुर्खेत, सिरहा र महोत्तरीमा अभियान सञ्चालन गरेको अभियानका कार्यकारी निर्देशक मोहनसिंह सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार बढी दलित भएको जिल्ला छनोट गरी अभियान सञ्चालन गरिएको हो । ती पाँच जिल्लामा करीब २९ प्रतिशत दलित छन् ।
अभियान तीन वर्षसम्म चल्नेछ । युरोपेली सङ्घको सहयोगमा ती जिल्लामा सङ्गठनका सामाजिक परिचालकले जातीय छुवाछूतबारे अभियान सञ्चालन गर्नेछन् । अभियानका क्रममा जातीय भेदभावविरुद्ध विद्यमान कानूनबारे प्रभावकारी रुपमा पैरवी गर्ने, जातीय भेदभाव विरुद्धको कुरा मानवाधिकार हो भन्ने कुरा अभियानका क्रममा बुझाइने उहाँले बताउनुभयो । संगठनका अध्यक्ष त्रिलोकचन्द« विश्वासले गैरदलितसँग मिलेर जातीय छुवाछूत हटाउन अभियान सञ्चालन गरिने बताउनुभयो ।

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार २२:२७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,