Breaking News

अर्धनग्न बनेर आत्महत्या गरेको सुधाको वास्ताविकता रहस्यमै

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १५:३२

मंसिर, काभ्रे । पनौती–५, आइटी पार्क नजिकैको जंगलमा सोमबार बिहान रुखमा झुण्डिएको अवस्थामा पनौती–१२, भूमिडाँडा घर भइ हाल पनौती–५ आइटी पार्क नजिकै बस्दै आएकी २१ वर्षीया सुधा केसीको हत्या या आत्माहत्या भन्ने कुरा रहश्यमै रहेको छ ।

सुधाले अर्धनग्न भएर सलको पासो लगाई रुखमा किन झुण्डिन् ? यो धेरैको चासोको विषय बनेको छ । अर्धनग्न अवस्थामा आत्महत्या गरेको घटनाले अस्वभाविक मात्र बनाएन, शंकास्पद पनि बनायो । पछिल्लो समय मुलुकभर बलात्कार र हत्याका घटना बढिरहेको अवस्थामा ब्रा र पेन्टी मात्रै लगाएर झुण्डिएको अवस्थामा शव भेटेपछि यो झन् चासोको विषय भनेको हो ।

घटनाको गम्भीरतालाई हेर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरी, इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराई घटनास्थलमा पुगेर अनुसन्धन पनि गरे । शव नजिकै उनले लगाएको पाइन्ट, ज्याकेट, ट्राउजर लगायत पनि भेटियो ।

बलात्कारपछि हत्या गरिएको हो या त्यस्तै केही गम्भीर हो कि भनेर शंका गरे पनि त्यस्तो कुनै शंकास्पद विषय नभेटिएको प्रहरीले बताए । यद्यपि, प्रहरीले भने अनुसन्धान रोकेको छैन । युवतीको मोबाइलमा भएका सामग्री र कल डिटेललाई केलाएर अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ ।

आमासँग विवाद, आत्महत्या स्वीकार गर्दै प्रहरीमा निवेदन

मृतककी आमासँगको कुराकानीका क्रममा घरमा विवाद गरेर उनी बाहिर निस्किएको खुल्यो । काभ्रेको बहुमुखी क्याम्पसमा बीए दोस्रो अध्ययरत सुधालाई सोमबार कलेज नजान आमा र पाहुना आएकी सानुआमाले सुझाएका थिए ।

एकादसी भएकाले घरमै बस्न उनीहरुले आग्रह गरेका थिए । तर, त्यतिमै उनीसँग विवाद भएको आमा स्वयम् बताउँछिन् ।

उनका दाजु पवन केसीले आत्महत्या भएको स्वीकार गर्दै प्रहरीमा निवेदन पनि दिएका छन् । र, शवको पोष्टमार्टम समेत गरेर दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १५:३२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,